पृथ्वी , विश्व बन्धुत्व र चराचर जीव प्रतिको सम्मानका लागि पृथ्वी परिक्रमा
वि.सं.२०८१ फागुन २२ बिहीवार
shares
कार्तिक पूर्णिमाको दिन हजारौं भक्तजन मध्य प्रदेशको पन्नामा पृथ्वी परिक्रमाको अनौठो प्राचीन परम्परामा भाग लिन भेला भएका हुन्छन्। यो परम्परा भारतीय दर्शन “वसुधैव कुटुम्बकम”लाई महतव दिन मनाइन्छ ।जसको अर्थ हो – संसार एक परिवार हो। यसले प्रकृतिको सम्मान र संरक्षणको सन्देश दिन्छ।
पृथ्वी परिक्रमाको परम्परा शरद पूर्णिमाको एक महिना पछि कार्तिक पूर्णिमाको दिन मनाइन्छ (शरद र कार्तिक हिन्दू क्यालेन्डरका महिना हुन्)। भारतका विभिन्न स्थानहरूबाट र नेपाल जस्ता छिमेकी देशहरूबाट श्रद्धालु पन्ना, बुंदेलखण्ड क्षेत्रमा स्थित प्रन्नाथ मन्दिरमा प्रार्थना गर्न आउँछन्। उनीहरूलाई प्रणामी श्रद्धालु भनिन्छ।

वसुधैव कुटुम्बकम भन्ने वाक्यांशको उत्पत्ति प्राचीन ग्रन्थ ‘उपनिषद्बाट भएको हो । वसुधैव कुटुम्बकम् संसार एक परिवार हो । वसुधा भनेको पृथ्वी हो । कुटुम्बकम् भनेको आफन्त । पृथ्वीका सबैलाई आफन्त मान्ने विश्वबन्धुत्वको अवधारण नै वसुधैव कुटुम्बकम् हो । समग्र प्राणीमा समभाव राख्न सक्नुपर्दछ । यो लोकमा सबै समान छन् । सबैको समान अस्तित्वको स्वीकार गर्नुपर्छ भन्ने सिद्धान्त नै वसुधैव कुटुम्बकम् हो । वैदिक परम्परामा वसुधैव कुटुम्बकमको अर्थ पृथ्वीमा रहेका सबै जीवित प्राणीहरू एक परिवार हुन् भनेर उल्लेख गरिएको छ ।यो संसारमा कसैको निजी केही पनि छैन । आफ्नो हो भन्नु केवल भ्रम मात्र हो । किनिक न हामीले चाहेर हामी जन्मेका छौँ नत मृत्यु नै हाम्रा हातमा छ । यसैले वास्तविकता हाम्रो वसमा छैन । यसैले सर्वत्र समभावको जागृति हुनपर्दछ । मित्रताको भाव रहनुपर्दछ । बन्धुत्वको सहकार्यले नै हाम्रो कल्याण रहने कुरा नै वास्तवमा हाम्रो मार्गदर्शक हुनु आवश्यक छ ।
वसुधैव कुटुम्बकम् अर्थात् विश्वबन्धुत्वको भावना हाम्रो मूलमन्त्र हो । यो नै मानव जीवनयापनको सर्वोत्तम मार्ग हो । जबसम्म हामी यो मार्गमा हिँड्न सक्दैनौँ संसारमा अस्थिरता र अशान्तिका चक्रव्यूह चलिरहन्छन् । सार्थक जीवनका निम्ति विश्वबन्धुत्वको भावना आवश्यक छ । किनकि हामी सबै एक आपसमा समान छौँ । हाम्रा कोही पनि शत्रु छैनन् । हामी सबैको अस्तित्व समान छ । हाम्रो जीवनको उद्देश्य र गन्तव्य समान छ ।यसैले आपसमा द्वेषको भावना राख्नु आफैँलाई कमजोर तुल्याउनु हो, आफ्नै विनाशको बाटो खन्नु हो । जसरी दुर्योधन आफ्नै जालोमा फसे । यसैले असल जीवनयापनका सूत्र हामीलाई हाम्रा ऋषिले प्रदान गरेका छन् । बुद्ध र जनक हाम्रा अग्रज हुन् । हामी आफ्नै दर्शमा उभिएका छौँ । अथक तपस्या गरेर हाम्रा ऋषिमुनिहरूले दिएका ज्ञान ओखती समान छन् । यसैले सर्वकल्याणका निम्ति विशवबन्धुत्वको भावना सर्वत्र जागृत हुनु आवश्यक छ ।
पृथ्वी जीवनका लागि अत्यन्त महत्त्वपूर्ण ग्रह हो। यसका नदिहरू, जंगल, समुद्र, र जीवजन्तुहरू मिलेर जैविक विविधता सृष्टि गर्छन्, जसले पृथ्वीको जीवनलाई सम्भव बनाउँछ। पृथ्वी ४.५७ अर्ब वर्ष अघि उत्पन्न भएको हो र यसको परिक्रमा सूर्यको चारैतिर ३६५.२५ दिनमा हुन्छ। यो सौर्यमण्डलका आठ ग्रहहरूमध्ये तेस्रो र पाँचौं सबैभन्दा ठूलो ग्रह हो।
पृथ्वीको पर्यावरण, ओजन तह, र चुम्बकीय क्षेत्रले जीवनको अस्तित्वलाई सम्भव बनाएको छ। पृथ्वीले आफ्नो एकमात्र प्राकृतिक उपग्रह चन्द्रमालाई प्राप्त गरेको छ, जसले समुद्री ज्वारभाटा र पृथ्वीको गति प्रभाव पार्दछ। पृथ्वीको वातावरण र भौगर्भिक इतिहासले जीवनको विकासमा महत्त्वपूर्ण भूमिका खेलेको छ।पृथ्वीको उत्पत्ति सौर्य निहारिका सिद्धान्त अनुसार भएको हो, जहाँ सूर्यको गुरुत्वाकर्षण प्रभावले ग्रहहरूको निर्माण भएको थियो। यस प्रकार, पृथ्वीको अस्तित्व र यसको जीवनदायिनी स्रोतहरूको संरचना पृथ्वीका प्राचीन परिघटनाहरूको परिणाम हो।
पृथ्वीलाई जीवन प्रदान गर्ने अद्भुत क्षमता छ र यसै क्षमता कारण नै पृथ्वीमा अरबौं जीव र बनस्पतिहरूको अस्तित्व सम्भव भएको छ। यद्यपि, अहिले यो क्षमता कमजोर हुँदै गएको छ र पृथ्वीको पारिस्थितिकीय सन्तुलन बिग्रँदै गएको छ। पृथ्वीमा रहेका जीवनका विभिन्न रूपहरूले यसका प्राकृतिक सन्दर्भमा अनिवार्य योगदान दिएका छन् जसले जीवनलाई सुहाउँदो र सन्तुलित बनाएको छ।
प्राकृतिक स्रोतहरू जस्तै माटो र पानीले पृथ्वीमा जीवनको उत्पत्ति र वृद्धि सम्भव बनाएका छन्। पृथ्वीको माटोले जीवनको उर्वरता बढाउँदै हरियालीको बिस्तार गर्न मद्दत गर्छ। माटोमा रहेका सूक्ष्मजीवहरू, खनिज र पोषक तत्वहरूले बनस्पति र जीवजन्तुहरूको अस्तित्वका लागि आवश्यक आधार तयार गर्छन्। पृथ्वीको पानीले जीवनका लागि प्यास बुझाउने काम मात्र गर्दैन, बरु यसले जैविक प्रक्रियाहरूको लागि आवाश्यक तत्वहरूको आदानप्रदान पनि सुनिश्चित गर्छ। पानी बिना जीवनको अस्तित्व असम्भव छ र यसले पृथ्वीमा जैविक विविधता कायम राख्न महत्त्वपूर्ण भूमिका निभाउँछ।
जैविक विविधताले पृथ्वीका विभिन्न जीवजन्तु र वनस्पतिहरूको विभिन्न रूप र प्रकारको अस्तित्वलाई जनाउँछ। पृथ्वीमा रहेका जीवहरूको विविधता पृथ्वीका विभिन्न पारिस्थितिकी तन्त्रमा महत्त्वपूर्ण भूमिका खेल्दछन्। यस जैविक विविधताको सृजना प्रक्रियाले पृथ्वीलाई एक सजीव र उत्प्रेरित ग्रहको रूपमा कायम राखेको छ। जैविक विविधताले नयाँ जीवनका अवसरहरूको सृजनासँगै पृथ्वीको पारिस्थितिकी सन्तुलन कायम राख्न मद्दत गर्दछ। जब एक जीवको संख्या घट्छ वा विलिन हुन्छ, अन्य जीवहरूको अस्तित्वको प्रक्रियामा परिवर्तन आउँछ, जसले जैविक चक्रमा असन्तुलन ल्याउँछ।
पृथ्वीका विविध प्राणी र वनस्पतिहरूको योगदान पृथ्वीका विभिन्न अंगहरूको संरक्षण र मर्मत गर्न महत्त्वपूर्ण छ। उदाहरणका लागि पृथ्वीका उत्तरी र दक्षिणी ध्रुवहरूले पृथ्वीको मौसमलाई नियन्त्रण गर्न महत्त्वपूर्ण भूमिका खेल्दछन्। यी ध्रुवहरूले पृथ्वीमा आउने हानिकारक सूर्यकिरण र अत्यधिक तापलाई परावर्तित गरेर पृथ्वीलाई चिसो राख्न मद्दत गर्छन्। यसरी यी ध्रुवहरू पृथ्वीका ‘एअर कन्डिसन’को रूपमा काम गर्छन् र तापमान सन्तुलन बनाएर पृथ्वीलाई जीवनको लागि उपयुक्त बनाउँछन्।
समुद्रको बर्फले समुद्रजीवका लागि खाद्यान्नको सञ्चय र उत्पादनमा महत्त्वपूर्ण भूमिका निभाउँछ। समुद्रको बर्फ पिघ्न थालेपछि यसले समुन्द्रका तल्लो तहमा पोषक तत्वहरू र खनिजहरूको सन्देश प्रेषित गर्छ, जसले समुद्री जीवहरूको अस्तित्वका लागि आवश्यक तत्व प्रदान गर्दछ। यस्ता जीवजन्तुहरूको आहार सञ्जालमा प्रभाव पार्ने प्रक्रियाले समग्र पारिस्थितिकी तन्त्रमा सन्तुलन कायम राख्न मद्दत गर्दछ। समुद्री तत्त्वहरूको अंश, जैविक तत्वहरूको परिसंचरण र पानीको रासायनिक संरचना पृथ्वीको वातावरण र जलवायु व्यवस्थापनमा महत्त्वपूर्ण भूमिका निभाउँछ।यस प्रकार, पृथ्वी आफैंमा एक सजीव जीवित ग्रहको रूपमा कार्य गर्दछ जसका विभिन्न अंगहरू, जीवजन्तु र प्राकृतिक प्रक्रियाहरू एकअर्कामा निर्भर छन्। जब यी तत्वहरूमा असन्तुलन आउँछ, तब पृथ्वीको जीवन प्रणाली पनि खतरामा पर्छ। पृथ्वीलाई स्वस्थ राख्न हरेक जीवको भूमिका महत्त्वपूर्ण छ, र यसको जैविक विविधता र पारिस्थितिकीय सन्तुलन जोगाउनु हाम्रो जिम्मेवारी हो। जसरी हरेक कोशिकाको जीवनको महत्व हुन्छ, पृथ्वीका हरेक जीव र प्राकृतिक संसाधनको अस्तित्व पनि पृथ्वीको जीवनको लागि अनिवार्य छ।
कार्तिक शुक्ल पुणिर्मा २०८१ कार्तिक ३० गते श्री कृष्ण प्रणामी समाजले पृथ्वी परिक्रमाको आयोजनागरी काठमाडौंको कागेश्वरी मनोहरा नगरपालीकाको नवतनधामदेखि सुन्दरसाथहरुले नाचगान र भजनकर्तिन गर्दै कृष्ण प्रणामी मन्दिर भैमाल, हिन्दुहरुका अराध्यदेव श्री पशुपतीनाथको मन्दिर ,गुह्येश्वरी मन्दिर हुँदै पुनः नवतनधाममा आएर यात्रा सम्पन्न गरेका छन् । नवतनपुरी धामको स्थापनाको स्मरण गर्दे समग्र विश्वमा भएका प्राणी, वनस्पति, पृथ्वी र जीवजन्तुप्रतिको सम्मानको प्रतिकात्मक स्वरुप यो पृथ्वी परिक्रमाको महोत्सवको आयोजना हुनु आफैमा गौरवको बिषय हो ।
७५ देखि ५८ करोडवर्ष पहिले नियोप्रोटेरोजोइकको समयमा पृथ्वीको अधिकांश भाग हिउँले ढाकेको मानिन्छ। यस अवधारणालाई “स्नोबल अर्थ“ भनिन्छ। जटिल बहुकोशिकीय जीवहरू गठन हुन थालेपछि क्याम्ब्रियन विस्फोट भएकाले यस समयको विषय महत्त्व रहेको छ। क्याम्ब्रियन विस्फोटपछि ५३ करोड ५० लाख वर्ष पहिले पाँच वटा ठूला विस्फोट भएका थिए। सबैभन्दा पछिल्लो विस्फोट क्रेटेसियस–टर्सियरी विलुप्त हुनु हो जुन ६६ करोड वर्ष पहिले भएको थियो। यस अवधिमा क्षुद्रग्रह र अन्य ठूला सरीसृपको प्रभावमा उड्न नसक्ने डायनोसर लोप हुँदै पनि स्तनधारी जस्ता जीवजन्तुका स–साना प्रजातिहरू बाँच्न सफल भएका थिए। ६ करोड ६० लाख वर्षअघिसम्म स्तनधारीहरूको जीवन फरकफरक थियो र केही लाख वर्ष पहिले प्राचीन अफ्रिकी बाँदरजस्ता जनावरहरूले सीधा उभिने क्षमता हासिल गरेका थिए। कृषिको विकास र पछि सभ्यताको विकाससँगै वातावरण र प्रकृतिमा मानवीय प्रभाव बढ्दै जाँदा हालसम्मको स्थिति प्राप्त गरिएको हो।
पछिल्ला ५० वर्षमा पृथ्वीमा मानिसको जनसंख्या दोब्बरभन्दा बढीले वृद्धि भयो ।हरेक मान्छे एउटा नयाँ उपभोक्ता बन्यो । तर, यही अवधिमा हामीले पृथ्वीका प्राकृतिक स्रोतको भरपुर दुरूपयोग गर्यौं । पृथ्वीको शोषण गर्यौं । त्यसैले त वैज्ञानिकहरू भन्छन, ‘स्वागत छ, एन्थ्रोपोसिन युगमा ।अर्थात् मानिसले पृथ्वीमा रजगज गरेको समय । जमिनको तीन भाग, सामुद्रिक पानीको दुई भाग मानिसका क्रियाकलापले नराम्रोसँग प्रभावित भएका छन् । पानीको मुख्य स्रोत मानिने हिउँ ४० प्रतिशतले घटेको छ । पृथ्वीका धमिन र नसा भनिने नदी, तालहरू सुख्खा हुँदै गएका छन् । रासायनिक प्रतिक्रियाहरूको परिणामस्वरूप लगभग ४ अरब वर्षपहिले पहिलो अणु अस्तित्वमा आएको थियो भने अर्को ५० करोड वर्षपछि सबै जीवित प्राणीहरूको विश्वव्यापी समान पूर्वजहरू पत्ता लागेको थियो। प्रकाश संश्लेषणको विकासको कारण सौर्य ऊर्जाले जीवहरूको अस्तित्व र प्रजननमा प्रत्यक्ष रूपमा मद्दत गरेकाले अक्सिजन वायुमण्डलमा एकीकृत हुन्छ र सूर्यको पराबैजनी किरणहरूसँगको अन्तरक्रियाको कारण ओजोन तहले पृथ्वीलाई हानिकारक किरणहरूबाट बचाउँछ।
प्राकृतिक दुनियाँमाथि हाम्रो कब्जा सफल भएको छ । त्यसैले त पृथ्वीको आधाभन्दा बढी उर्वर भूमि कब्जा गरेर हामी कृषि गछौं । प्रत्येक वर्ष पृथ्वीको तापक्रम बढ्नुका साथै हावा प्रदूषित हुँदै गइरहेको छ । डब्लुडब्लुएफको अध्ययनअनुसार त पृथ्वीका ९० प्रतिशतभन्दा बढी मानिस प्रदुषित हावामा श्वास फेर्छन् । निशंकोच यो हावा हामीले नै प्रदुषित बनाएका हौं ।तात्दै गएको पृथ्वीको मौसमी चक्र बिथोलिएको छ । अब पहिले जस्तो सहजै मौसम अनुमान गर्न नसकिने भएको छ । मौसमी चक्र बिथोलिँदा यसको सिधा असर कृषि उत्पादनमा परेको छ । पृथ्वीको आधाभन्दा बढी जमिन हामीले कब्जा गर्यौं । पृथ्वीमा रहेका ठूलाठूला जंगल फँडानी गरेर हामीले सभ्यता विकास त गर्यौं । तर, हाम्रो सभ्यता पृथ्वीका लागि भने अभिशाप साबित हुँदैछ । हाम्रो दोहन कहाँसम्म पुगेका छ भने, समुद्रका ९० प्रतिशत ठूला शिकारी जनावर हामीले गुमाइसकेका छौं । पछिल्ला ५० वर्षमा पृथ्वीबाट जंगली जनावरको संख्या औसतमा वाषिर्क ६० प्रतिशतले घट्दो छ । जंगली जनावरलाई हामीले घरपालुवा जनावरले विस्थापित गर्यौं । हामी र हाम्रा पाल्तु जनावर नै पृथ्वीका ९० प्रतिशत स्तनधारी प्राणी हौं ।
मौसमी चक्र विथोलिँदा घट्न गएको कृषि उत्पादन बढाउन हामीले विषादी प्रयोग गर्यौं । परिणाम हाम्रो स्वास्थ्य मात्र बिग्रिएन, माटोको उर्वरता शक्ति घट्यो । कृषि उत्पादनका लागि आवश्यक मानिने माटोमा पाइने स–सना जीवनको विनाश भयो । यी सबैको एकमुष्ट असर फेरि कृषि उत्पादनमै प¥यो ।हामीले कहिल्यै कल्पना गर्नुभएको छ, पृथ्वीले हामीलाई निः शुल्क प्रदान गरिहेको कुरा ? उपहारमा पाएको शुद्ध हावा, पानी, मलिलो माटो र अन्य प्राकृतिक चिजको मूल्य तिर्नु परेको भए के हुन्थ्यो ?मूल्य तिर्नु परेको भए मानव विश्वको कूल ग्राहस्थ उत्पादनको दुई गुणाले पनि पृथ्वीले प्रदान गरेका स्रोतको मूल्य तिर्न सकिँदैन । हाम्रो र हाम्रो ग्रहको भविष्य अब हाम्रो हातमा छ ।
पृथ्वीसँग जीवन प्रदान गर्ने अद्भूत क्षमता छ । तर, यो क्षमता अब कमजोर हुँदै गएको छ । ‘पृथ्वीमा आएका हर एक जीवले पृथ्वीको वातावरण जीवनका लागि सहज बनाउन योगदान गरे । पृथ्वीको माटो र पानीले जीवनलाई झनै उर्वर बनायो ।बढ्दो जैविक विविधताले पृथ्वीको जीवन जटिल बन्दै गयो । यो जटिलता नै नयाँनयाँ जीवन निर्माण गर्ने पूँजीको रूपमा विकसित भयो । जैविक विवधताको यो अथाह पूँजीले नै आज यो ग्रहमा यति धेरै जीवन सम्भव भएको हो ।पृथ्वी आफैंमा एउटा जीवित ग्रह जस्तै हो । पृथ्वीलाई आफ्नो निवास बनाएका असंख्य जीवहरू नै यसका प्राण हुन् । पृथ्वीका अंग हुन् । पृथ्वीलाई स्वस्थ्य राख्न पृथ्वीमा रहेका हरेक जीवनको भूमिका छ।उदाहरणका लागि पृथ्वीका उत्तरी र दक्षिणी धुव्रले पृथ्वीका लागि ‘एअर कन्डिसनको काम गर्छन् । यी धु्रवले सुर्यबाट आउने उग्र ताप र हानीकारण किरणलाई परावर्तित गर्दै पृथ्वीलाई चिसो बनाइराख्छन् । समुद्री हिउँले सामुन्द्रिक जीवका लागि खाद्यान्न सञ्चय र उत्पादन गर्दछ ।
संसारमा ममत्वको वरण भनेको अहंकारको प्रदर्शन हो । जबसम्म हामी मेरोको भावनाबाट माथि उठ्न सक्दैनौँ तबसम्म हाम्रो कल्याण असम्भव छ । त्यसैले त उपनिषद्ले वसुधैव कुटुम्बकम्को व्यवहार गर्नुपर्दछ भनी आदेश गरेका छन् । पृथ्वीका सबै मानिसहरु बन्धु समान हुन् । कोही आफ्नो र कोही परका हुदैनन । सबैलाई समान व्यवहार गर्नुपर्दछ । जसले सबै समान हुन् भन्ने उदार चित्तको प्रदर्शन गर्न सक्छन् ती व्यक्ति नै महान् हुन् । जबसम्म यस्तो ज्ञान प्राप्त हुँदैन ।हम्रो जीवनको लक्ष्य सर्वकल्याण हुनु पर्दछ । सबैको कल्याण चाहने व्यक्तिमा सर्वप्रथम विनयभाव रहनुपर्दछ । स्वार्थ एवं अहंको प्रदर्शन गर्ने व्यक्ति सानो चित्तका हुन् आफ्नो र अर्काकोमा भेद देख्दछन् । तर, उदार चित्त भएकाले सबैलाई समान देख्दछन् र देख्नुपर्दछ भनी बताइएको छ ।भौतिक नक्साले कोरिएका सीमारेखाभन्दा मानव माथि उठ्न सक्नुपर्दछ । किनकि भौतिक सीमा कोर्नु भनेको विभेदको पर्खाल खडा गर्नु अझ भनौँ अशान्तिको बिउ रोप्नु हो । यो धराधाम न कसैको थियो, न कसैको छ र न कसैको मात्र हुनेछ । यो सबैको हो ।भौतिक दुःखको कारण हो भने अध्यात्म अनन्त सुख । क्षणिक सुख भौतिक हो भने अनन्त सुखको कारण अध्यात्म हो । यसैले अनन्त सुख प्राप्तिका निम्ति वसुधैव कुटुम्बकम्को भाव हामीमा रहन सक्नुपर्दछ ।
सबैैको समान अस्तित्वको स्वीकार गर्नुपर्छ भनी महोपनिषदमा भनिएको छ ।
अयं निजः परो वेति गणना लघुचेतसाम् ।
उदारचरितानां तु वसुधैव कुटुम्बकम् ।। (महोपनिषद्,४।७१)
अर्थात् सानो चित्त भएका व्यक्तिले यो मेरो र यो अर्काको भनी भेदभाव गर्दछन्, उदार हृदय भएकाले पृथ्वीका सबैलाई आफन्त जस्तै व्यवहार गर्दछन् ।सहकार्यको भावलाई पनि उपनिषद्ले स्वीकारेका छन् । उपनिषद्मा भनिएको छ ।
‘सह नाववतु सह नौ भुनक्तु, सह वीर्यं करवावहै, तेजस्विनावधीतमस्तु माविद्विषावहै
अर्थात् यो विश्व ब्रम्हाण्डमा भएका हामी सबै साथसाथै हाँस्न खेल्न र रमाउन सक्नुपर्दछ । सबैलाई आफ्नै जस्तो देख्न सक्नुपर्दछ । एकले अर्कामा द्वेषको भाव नराखी साथ साथै सहकार्य गर्नुपर्दछ भनी हाम्रा महर्षिले उपदेश दिएका छन् । आपसमा मित्रताको भावले मात्र आफ्नो र यो संसारको उन्नती र कल्याण हुन सक्छ ।
संसारमा ममत्वको वरण भनेको अहंकारको प्रदर्शन हो । जबसम्म हामी मेरोको भावनाबाट माथि उठ्न सक्दैनौँ तबसम्म हाम्रो कल्याण असम्भव छ । त्यसैले त उपनिषद्ले वसुधैव कुटुम्बकम्को व्यवहार गर्नुपर्दछ भनी आदेश गरेका छन् । पृथ्वीका सबै सबैका बन्धु समान हुन् । कोही आफ्नो र कोही परका छैनन् । सबैलाई समान व्यवहार गर्नुपर्दछ । जसले सबै समान हुन् भन्ने उदार चित्तको प्रदर्शन गर्न सक्छन् ती व्यक्ति नै महान् हुन् । जबसम्म यस्तो ज्ञान प्राप्त हुँदैन तबसम्म यो संसारमा अस्थिरता रहिरहन्छ । हत्यासिंहा जस्ता कार्य चलिरहन्छन् ।
भौतिक रगतले कोरिएका सीमारेखाभन्दा मानव जगत अझैमाथि उठ्न सक्नुपर्दछ । किनकि भौतिक सीमा कोर्नु भनेको विभेदको पर्खाल खडा गर्नु अझ भनौँ अशान्तिको बिउ रोप्नु हो । यो धराधाम न कसैको थियो, न कसैको छ र न कसैको मात्र हुनेछ । यो सबैको हो । मेरो वा हाम्रो भन्नु दुःखको कारण हो । संसारमा युद्धका विभीषिका यही अहंभावका कारण छेडिएका छन् । महाभारत, ट्रय यसैका ज्वलन्त उदाहरण हुन् । विश्वयुद्ध यही अहंकारले मच्चिएका थिए । यसैले अहंकारलाई त्यागी सुख र शान्तिको कामना गर्नेले विश्वबन्धुत्वको भावना राख्न सक्नुपर्दछ ।यसबाटमात्रै विश्व कल्याण हुनसक्ने देखिन्छ ।
यसप्रकार मानवले नेतृत्व गरेको पृथ्वीमा सचेत प्राणीको हिसावले जीव, बनस्पती, जलचर थलचर सबैको अस्तित्व संरक्षण गर्दै अगाडी बढनु पर्दछ । विज्ञानको देन मानवजातीको हितमा भएकोले यसको दुरुपयोग गर्नु हुदैन । अन्तराष्ट्रिय संघ संस्था, माहाशक्ति राष्ट्रहरुले पृथ्वीलाई जीवन्त राख्न विवेकशील नियम लागू गर्नु पर्दछ र आपत विपत तथा यस्ता माहामारी माथि विजय प्राप्त गर्न विश्व एकजुट भई वशुधैव कुटुम्बकमलाई आत्मसात गर्नुपर्दछ ।
आज संसार एउटा गाउँ भएको छ । मानिस चौबीस घण्टाभित्र पृथ्वीको एक कुनाबाट अर्को कुनामा पुग्दछ । संसारको एक कुनाको खबर सेकेण्डमै अर्को कुनामा पुग्छ । यसैकारण आज मानवता प्रवद्र्धन अति जरुरी भएको छ । विश्वबन्धुत्व प्रवद्र्धन जरुरी भएको छ । वसुधैव कुटुम्बकम जरुरी भएको छ । ‘बाचौँ र बाँच्न देऔँको फैलावट जरुरी भएको छ ।जीवनको यथार्थ र सत्य अनुभूति गराउने र मानव सभ्यताका सफलताका प्रमाणहरू प्रस्तुत गरेर समाजमा शक्तिको सञ्चार गराउन सक्ने सञ्चारजगतले नै हो । विपत्तिबाट सिकेका ज्ञानले मानिस आजको सभ्यतामा आइपुगेको हो । हाम्रा आदर्श जीवनदर्शनको प्रचारप्रसार आजको आवश्यकता हो ।
मृत्युमा विजयप्राप्ति सम्भव छैन तर अभय सम्भव छ । संकटमा बाँच्नका लागि मानवीय प्रेम र उत्प्रेरणा आवश्यक पर्छ । घटनाबाट सिक्दै मानिस आजको युगमा आइपुगेको हो । यो क्रम अवश्य रोकिने छैन । आँधी–तुफान त आइरहन्छ । विश्व बन्धुत्व र वसुधैव कुटुम्बकम्मा जीवनको सार्थकता खोजौँ । प्रकृतिमाथि विजयको प्रयास अनिष्टकारी साबित भइसकेको छ । क्रोध वा रिस एक भावना हो। यो डरबाट उत्पन्न हुन सक्छ । जब व्यक्तिले डरको कारण रोक्न प्रयास गर्छ तब व्यवहारमा डर स्पष्ट रूपमा व्यक्त हुन्छ। क्रोध मानिसको लागि हानिकारक छ। क्रोध कायरताको लक्षण हो।विलक्षण व्यक्तिमा झन् रिस उठ्छ र परिस्थितिको बोझ बोक्ने हिम्मत र धैर्य हुँदैन।रिस भनेको पीडाले भरिएको अवस्था हो। शारीरिक स्तरमा, क्रोधित हुँदा, हृदयको दर बढ्छ, रक्तचाप बढ्छ। रिस एक नकारात्मक मनोभावना हो। रिसको बाहिरी तथा व्यावहारिक रूप भनेको कसैमाथि हमला वा आक्रमण गर्नु हो। रिस मूलतः एउटै भए पनि यसका अनेकौं रूप छन्। दुख, द्वेष इत्यादि रिसका विभिन्न रूप छन्। रिसको प्रदर्शन तुरुन्त हुन नसकेमा यो दुःख, द्वेषको रूपमा रहिरहन्छ र व्यक्ति मानसिक एवं शारीरिक रूपले रोगी हुन जान्छ। अधिकांश मानिसलाई धेरथोर रिस उठ्छ नै। कमैले मात्र यसको व्यवस्थापन गर्न सक्छन्। समय र परिस्थितिअनुसार मनमा उठेका भावना स्वतः हराउँछन् पनि। रिस यदि नियन्त्रणबाट बाहिर जान थाल्यो भने समस्या उत्पन्न हुन्छ। धेरै रिसाउने बानीले मानिस शारीरिक एवं मानसिक रोगबाट पीडित त हुन्छ। पारिवारिक समस्या पनि पर्छ। करियरमा पनि असर पर्छ। बढी रिसाउने मानिसलाई कसैले पनि मन पराउँदैन। पछि गएर ऊ एक्लै हुन जान्छ।
यसैले आपसमा द्वेषको भावना राख्नु आफैँलाई कमजोर तुल्याउनु हो, आफ्नै विनाशको बाटो खन्नु हो । जसरी दुर्योधन आफनै जालोमा फसे । यसैले असल जीवनयापनका सूत्र हामीलाई हाम्रा ऋषिले प्रदान गरेका छन् । बुद्ध र जनक हाम्रा अग्रज हुन् । हामी आफ्नै दर्शमा उभिएका छौँ । अथक तपस्या गरेर हाम्रा ऋषिमुनिहरूले दिएका ज्ञान ओखती समान छन् । यसैले सर्वकल्याणका निम्ति विशवबन्धुत्वको भावना सर्वत्र जागृत हुनु आवश्यक छ ।
( उप्रेती नेपाल सरकारका उपसचिव हुन् ।)






























