स्वार्थको द्वन्द्व र नेपालमा यसको प्रभावकारी व्यवस्थापन

35.2K
shares
Nabil bank

 

सामान्य अर्थमा सार्वजनिक पद धारणा गरेका व्यक्ति कुनै पेशा–व्यवसायमा रहँदा आफ्नो पदबाट प्रभावित भएर व्यक्तिगत लाभ लिएको खण्डमा त्यसलाई स्वार्थ बाझिने कार्यको रुपमा व्याख्या गरिन्छ । सुशासनका लागि अपरिहार्य मानिएको स्वार्थ बाझिने कार्य निराकरण हुन नसकेमा त्यसले भ्रष्टाचार र अनियमिततालाई बढावा दिने जोखिम देखिएको छ । नेपालमा स्वार्थ बाझिने कार्य रोक्नका लागि कुनै कानून बनिसकेको छैन । कानून नभएपछि स्वार्थ बाझिने व्यक्तिहरु नै नीति निर्माणको हैसियतमा पुगेका छन् ।

स्वार्थको द्वन्द्व भनेको सार्वजनिक पदमा रहेका व्यक्तिहरूले आफ्नो व्यक्तिगत स्वार्थको लागि सार्वजनिक पदको दुरुपयोग गर्नु हो। नेपालमा २०६४ सालको सुशासन ऐन र अन्य कानुनी प्रावधानहरूले स्वार्थको द्वन्द्व व्यवस्थापन गर्न प्रयास गरे पनि स्पष्ट परिभाषा र प्रभावकारी व्यवस्थापनको कमी छ। अन्तर्राष्ट्रिय अभ्यास अनुसार स्वार्थको द्वन्द्व भ्रष्टाचारको रूप मानिन्छ र यसका लागि कडा कानुनी प्रावधान आवश्यक छन्।

नेपालमा सार्वजनिक पदमा रहेको व्यक्तिले सार्वजनिक हितको विपरीत निजी स्वार्थ पुरा गर्दा स्वार्थको द्वन्द्व उत्पन्न हुन्छ, जसले निष्पक्ष निर्णय लिन गाह्रो बनाउँछ। लोकतान्त्रिक सिद्धान्तअनुसार स्वार्थको द्वन्द्व व्यवस्थापन गर्न आवश्यक छ। नेपालमा, प्रायः स्वार्थको द्वन्द्वलाई आचरणका रूपमा मात्र हेरिन्छ, जबकि यो कानुनी र नैतिक प्रश्नसमेत हो। नेपालमा स्वार्थको द्वन्द्वको व्यवस्थापनको अवधारणा स्पष्ट छैन र यसका प्रभावहरू जनजीविका र जनविश्वासमा नकारात्मक असर पुर्याउँछन्।

Top of Form

 

Bottom of Form

राज्यका सबै अंग स्वार्थको द्वन्द्वबाट अछुता छैनन । देशको कार्यकारिणीदेखि न्यायपालिका र विधायिकादेखि वडासम्म पनि स्वार्थको द्वन्द्वको महामारी फैलिएको छ । न्यायपालिकाका प्रमुख नै स्वार्थको द्वन्द्वमा चुर्लुम्म डुब्दा न्यायपालिका इतिहासकै गम्भीर मोडमा पुगेको अवस्था यस क्षेत्रका जानकारहरु बताउँछन् ।कार्यकारिणीको एक सदस्यले स्वार्थको द्वन्द्वमा संलग्न हुँदै आफ्नै बुहारीलाई समाज कल्याण परिषद्को उपाध्यक्षमा नियुक्त गरेको तीतो यथार्थ हामीसामु छ । वैदेशिक रोजगारी बोर्डमा विज्ञका रूपमा म्यानपावर व्यवसायीलाई नियुक्त गरिएको छ । कुनै खास व्यापारिक समूहको स्वार्थपूर्ति गर्न वार्षिक बजेटमा नीतिगत व्यवस्था गर्नु कार्यकारिणीका लागि सामान्य भएको छ ।स्वार्थको द्वन्द्वको सामाजिकीकरण भएको छ । तर यो पीडादायी यथार्थले हाम्रा सरकार, नीतिनिर्माता र राजनीतिक दलहरूलाई अहिलेसम्म अलिकति पनि छुन सकेको छैन ।स्वार्थको द्वन्द्वको व्यवस्थापनको विषय अहिले पनि नीतिनिर्माणको तहमा प्राथमिकता बन्न सकेको छैन ।

नेपाली समाजले अवलम्बन गरिआएको संस्कृति नै स्वार्थको द्वन्द्वलाई प्रश्रय दिनेगरी विकास भइरहेको छ । आफ्नोलाई शक्तिमा रहँदा संरक्षण गर्नुपर्छ भन्ने गलत मान्यतामा अभ्यस्त छ । सार्वजनिक ओहोदामा रहँदा स्रोतसाधन संकलन नगर्ने र नातावाद कृपावादमा नलाग्नेलाई समाजले तिरस्कृत गर्छ । हरेक नागरिकले आफैंलाई स्वनियमन, स्वशासन र उपयुक्त प्रकारले व्यवस्थापन गर्न सक्नुपर्छ । यसबाट मात्र सुसभ्य, सुसंस्कृत र सच्चरित्र समाजको निर्माण सम्भव हुन्छ । यस प्रकारको समाजको विकास हुँदा सचेत नागरिकले सार्वजनिक पदाधिकारीलाई गलत कार्यमा अभिमुख नहुन खबरदारी गर्न सक्छन् । समाज परिस्कृत हुन्छ । स्वार्थको संघर्षको अवस्थामा उल्लेखनीय सुधार ल्याउन सकिन्छ ।स्वार्थको द्वन्द्वलाई बढी गम्भीर अपराधका रूपमा ग्रहण गर्ने र कानुनी उपचारको बाटो अवलम्बन गर्ने व्यवस्था गरिनुपर्छ

स्वार्थ बाझिएको विषयमा यसलाई यथा समयमा नियन्त्रण गर्ने र गलत कार्यमा संलग्न हुनेलाई दण्डित गर्ने सबल कानुनको व्यवस्था हालसम्म हुन सकेको छैन । नेपालका कतिपय शासक स्वार्थ बाझिएका विषयमा निर्णय लिनु दैनिकी ठान्छन् । यो जघन्य अपराध हो भन्ने सामान्य सोच उनीहरू देखिँदैन । जनताले अत्यन्त ठूलो आशा गरेका दलहरू नै स्वार्थको संघर्षका हिसाबले आलोचित छन् ।

 

विकास निर्माणसम्बन्धी भौतिक पूर्वाधारको निर्माणमा बोलपत्र, ठेक्का सम्झौतासम्बन्धी निर्णय गर्दा आफन्तलाई फाइदा पुर्याउने, निर्मित संरचनाको गुणस्तर÷सामग्रीको स्तरीयतामा सम्झौता गरेर कमिशन लिने जस्ता भ्रष्टाचारका काम हुने गरेका छन् । पूर्वाधार विस्तार, मर्मतसम्भार र क्षमता अभिवृद्धि, लगानी वृद्धि र सम्भाव्यता अध्ययनसम्बन्धी निर्णयमा लागत मूल्य उच्च राख्ने, ठेक्का सम्झौतापछि भेरिएशन अर्डर स्वीकृत गराई थुप्रै रकम भुक्तानी गरी व्यक्तिगत फाइदा लिने, हुँदै नभएको निर्माण कार्यको कागजी प्रक्रिया मिलाई घोटाला गर्ने काम पनि भएको पाइन्छ । निर्माणका लागि सामान खरीद गर्दा गराउँदा कमिशन लिने, कम लागत बढी अनुमान बनाउने, निम्न गुणस्तरको निर्माणको जाँचपास गराउने, ठेक्कामा सीमित प्रतिस्पर्धा गराउने, योजना निर्माण र तर्जुमा गर्दा संस्थागत हितलाई पछि पार्ने, निर्णय गर्नुअगावै आफ्नोे मान्छेलाई सूचना चुहाएर व्यक्तिगत हितका लागि सार्वजनिक निर्णय गराउनेजस्ता कार्य गरेको पाइन्छ । यस्तो कार्य शक्तिमा भएका राजनीतिक दलका व्यक्तिले मलजल हालेका छन् भनी आरोप छ ।

नेपालमा विधायिका र सार्वजनिक पदहरूमा स्वार्थको द्वन्द्व व्यापक रूपले देखिन्छ, जहाँ सांसदहरू र सार्वजनिक पदाधिकारीहरू आफ्नो निजी स्वार्थलाई प्राथमिकता दिँदै नीति निर्णय र समितिहरूमा सहभागी हुन्छन्। उदाहरणका लागि, विभिन्न उद्योगपति, व्यवसायी, र ठेकेदार सांसदहरूलाई सम्बद्ध समितिहरूमा सदस्य बनाइन्छ, जसले आफ्नो व्यवसायसँग संबंधित निर्णयमा स्वार्थको द्वन्द्व पैदा गर्दछ। यस्ता सांसदहरूले आफ्नो स्वार्थ घोषणा नगरी संसदमा छलफल गर्छन्, जसले सुशासनको अवस्था कमजोर बनाउँछ।

स्वार्थको द्वन्द्वको व्यवस्थापन गर्ने कानूनी प्रावधानहरू छन्, जस्तै सार्वजनिक खरीद ऐन, जसमा पदाधिकारीहरूले स्वार्थको प्रभावमा निर्णय नगर्नु पर्ने स्पष्ट नियम बनाइएका छन्। तथापि, नेपालमा स्वार्थको द्वन्द्वको सुस्पष्ट कानुनी परिभाषा छैन र यसलाई प्रभावकारी रूपमा व्यवस्थापन गर्ने उपायहरू अझै विकास गर्न बाँकी छन्। विभिन्न ऐन र नियमहरूका बाबजूद, राजनीतिक विकृतिका कारण कार्यान्वयनमा समस्या देखिन्छ।

स्वार्थको द्वन्द्व केवल आचरणको प्रश्न मात्र होइन, यो भ्रष्टाचारजन्य मुद्दा हो र यसले सार्वजनिक पदको स्वच्छता र पारदर्शितामा प्रत्यक्ष असर पार्दछ। स्वार्थको द्वन्द्व व्यवस्थापनका लागि नेपालमा अझै थप प्रभावकारी कानूनी संरचनाहरूको आवश्यकता छ।

राजनीतिज्ञ तथा उच्चपदस्थ अधिकारी सिद्धान्त, दर्शन र मूल्य–मान्यताबाट विचलित र स्खलित हुँदा स्वार्थको द्वन्द्वको व्यवस्थापन हुन सकेको छैन ।सार्वजनिक पदधारण गरेको कुनै पदाधिकारीले पदीय दायित्वविपरीत व्यक्तिगत स्वार्थ अनुकूल काम गर्ने गरेको भन्ने आमधारणाले हाम्रो जस्तो सामाजिक, सांस्कृतिक विशेषता भएको राष्ट्रमा विशेष चर्चा पाएको छ । यसले व्यक्तिगत स्वार्थ, नातावाद, कृपावाद, राजनीतिक विकृति, राम्रो मान्छेको सट्टा हाम्रो मान्छेको चयन, सार्वजनिक सरोकारको निर्णयमा जनसहभागिताको कमी, मिलोमतोमा काम गरी सार्वजनिक हानिनोक्सानी, सार्वजनिक प्रशासनमा पारदर्शिताको अभावजस्ता क्रियाकलापलाई बढावा दिएको छ ।

नेपालको संविधानको प्रस्तावनाले सुशासनको परिकल्पना गरेको छ । संविधानले अंगीकार गरेको राजनीति तथा शासन व्यवस्था सम्बन्धी नीतिले ‘स्वच्छ,‘निष्पक्ष, ‘पारदर्शी र ‘भ्रष्टाचारमुक्त सार्वजनिक प्रशासनको परिकल्पना गरेको छ । तर स्वार्थको द्वन्द्वको व्यवस्थापन नहुँदा संविधानले परिकल्पना गरेका यी लक्ष्यहरू प्राप्त गर्न असम्भव देखिएको छ ।

यो कुरा नयाँ संविधान लागू भएपछिका ट्रान्सपरेन्सी इन्टरनेसनलका करप्सन इन्डेक्सहरूले पुष्टि गर्छन । उक्त इन्डेक्समा हाम्रो अंक ३५ छ, जसको अर्थ हो— हामी अति भ्रष्ट देशको सूचीमा छौं । देशको सुशासनको यो खराब तस्बिर सुधार्न स्वार्थको द्वन्द्वको व्यवस्थापन एक प्रभावकारी कदम हुन सक्छ ।संयुक्त राष्ट्रसंघले सन् २००४ देखि नै आफ्नोे भ्रष्टाचारविरुद्धको महासन्धिमा स्वार्थको द्वन्द्वको व्यवस्थापनलाई समेटेको छ । एसियाली विकास बैंक, विश्व बैंकजस्ता संस्थाहरूले पनि विभिन्न देशमा स्वार्थको द्वन्द्वको व्यवस्थापन सम्बन्धी प्रयासहरूलाई प्रवर्द्धन गर्दै आइरहेको अवस्था विधमान छ ।

स्वार्थको द्वन्द्वले नीति निर्माणमा नराम्रो असर पार्छ । व्यवस्थापन नगरिएको स्वार्थले गर्दा सम्झौतायुक्त कानुन र नीति बन्ने सम्भावना हुन्छ । हाम्रो देशको अनुभवले यही भन्छ । संसदमा स्वार्थको द्वन्द्वको व्यवस्थापन नगर्दा बैंक तथा वित्तीय व्यवस्था सम्बन्धी ऐन, शिक्षा ऐन, सहकारी ऐनजस्ता सम्झौतायुक्त कानुन बन्न पुगेको तीतो अनुभव हामीसामु छजब नागरिकमा नीतिनिर्माताहरू कसैको स्वार्थमा परेर निर्णय लिन्छन् भन्ने पर्छ, तब हाम्रा सार्वजनिक संस्थाहरू र सार्वजनिक पदका व्यक्तिहरूप्रति विश्वास घट्छ । नागरिकले सार्वजनिक निकाय, प्रजातान्त्रिक संस्थाहरूमा विश्वास नगर्ने अवस्था आउँदा राजनीतिक प्रणालीप्रति नै वितृष्णा पैदा हुने अवस्था आउँछ । यो अवस्थामा हाम्रो गणतान्त्रिक लोकतान्त्रिक व्यवस्था फस्टाउन सक्दैन । । यो प्रवृत्तिप्रति अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफ्ना वार्षिक प्रतिवेदनहरुमा चिन्ता व्यक्त गरेको अवस्था विधमान छ । यस्ता सम्झौतायुक्त कानुन र नीतिमा जनविश्वास हुँदैन ।

नेपालीको विकासप्रतिको तीव्र चाहना पूरा गर्न वैदेशिक लगानी आवश्यक छ । तर स्वार्थको द्वन्द्वको प्रभावकारी व्यवस्थापन नहुँदा नेपालले चाहे अनुरूप वैदेशिक लगानी नआउन सक्छ । किनकि वैदेशिक लगानीकर्ताले अन्य पक्षका अलावा स्वार्थको द्वन्द्वको व्यवस्थापन भए–नभएको पनि हेर्ने गरेको तथ्य विश्व बैंकको एउटा अध्ययनले देखाएको छ । सन् २०१२ को उक्त अध्ययनले स्वार्थको द्वन्द्वको व्यवस्थापन मूलतः उच्चपदस्थ व्यक्तिहरूको सम्पत्ति र इन्ट्रेस्ट सार्वजनिक नगर्ने देशहरूमा वैदेशिक लगानी कम आउने देखाएको छ । यसको अर्थ वैदेशिक लगानी वृद्धि गर्न पनि स्वार्थको प्रभावकारी व्यवस्थापन अपरिहार्य हुन्छ ।

विकसित र प्रजातन्त्र बलियो भएका राष्ट्रमा स्वार्थको व्यवस्थापन गर्नको लागि बलियो कानुन र संयन्त्र बनाइएको पाइन्छ। स्वार्थ बाझिन नदिन सार्वजनिक पदधारण गर्ने व्यक्तिले सम्भावित स्वार्थ बाझिने विषयको पहिल्यै जानकारी दिने, त्यससँग सम्बन्धित छलफल र निर्णयमा सहभागी नहुने अभ्यास समेत ती देशमा रहेको पाइन्छ।

अमेरिकामा सार्वजनिक पदधारण गरेका व्यक्तिको विदेश भ्रमणको खर्च समेत पारदर्शी हुनुपर्छ भन्ने अवधारणा छ। अमेरिकामा सार्वजनिक पदधारण गरेका व्यक्तिको भ्रमणको स्रोत ‘डिस्क्लोजर क्लर्क भन्ने वेबसाइटमा प्रकाशित हुन्छ। अमेरिकामा सम्भावित स्वार्थ बाझिन सक्ने अवस्थामा आफू आवद्ध रहेको नाफामूलक संस्थाबाट राजीनामा दिने, सम्पत्ति वा सेयर बेच्ने अभ्यास छ। तर त्यहीँ राष्ट्रपति डोनल्ड ट्रम्प आफ्नो कार्यकालमा स्वार्थ बाझिने क्रियाकलापमा संलग्न भएको भन्दै आलोचित भए। यद्यपि उनले राष्ट्रपति निर्वाचित हुने बित्तिकै आफ्नोे व्यापार व्यवसायबाट कानुनीरुपमा अलगिएको घोषणा गरेका थिए। अमेरिकामा सार्वजनिक पद धारण गरेकाले सित्तैँमा कसैले खुवाएको खान नहुने, उपहार लिन नहुने, अरूको प्रायोजनमा भ्रमण गर्न नहुने, स्वार्थ बाझिने गरी कम्पनीको सेयर होल्डर हुन नहुनेलगायत कडा व्यवस्था छन। अमेरिकी कानुन अनुसार सार्वजनिक पद धारण गर्ने व्यक्तिले पाएको उपहार राज्यमा जम्मा गर्नुपर्छ।

स्वार्थको द्वन्द्व निवारण गर्नु हाम्रो अन्तर्राष्ट्रिय दायित्व हो । नेपालले सन् २०११ मा हस्ताक्षर गरेको भ्रष्टाचारविरुद्धको संयुक्त राष्ट्र संघीय महासन्धिमा पनि यी विषय छन् । महासन्धिले सार्वजनिक मात्रै होइन, निजी क्षेत्रमा पनि स्वार्थको द्वन्द्व हुनुहुन्न भनेको छ । यसलाई कार्यान्वयन गर्न ०६९ मा कार्ययोजना तथा रणनीति बनाइए पनि स्वार्थको द्वन्द्वबारे अझै स्पष्ट कानुनी व्यवस्था छैन । अन्तर्राष्ट्रिय समुदायमाझ व्यक्त गरिएका प्रतिबद्धता पूरा गर्नु तथा सन्धि–सम्झौता कार्यान्वयन गर्नु राज्यको दायित्व हुन आउँछ । स्वार्थको द्वन्द्वको व्यवस्थापन अहिलेको परिवेशमा नेपालले उच्च प्राथमिकतामा राख्नुपर्ने विषय बनेकाले यथाशीघ्र गृहकार्य गर्न जरुरी छ ।

स्वार्थको द्वन्द्व अन्त गर्ने विषयलाई संयुक्त राष्ट्रसंघले साझा समझदारीको विषय बनाएको छ । संयुक्त राष्ट्रसंघका सबै सदस्य राष्ट्र यसलाई नियन्त्रण गर्ने विषयमा एकै स्थानमा उभिएर प्रतिबद्धता व्यक्त गरेका छन् । यस अर्थमा यसलाई नियन्त्रण गर्ने सन्दर्भ अन्तर्राष्ट्रिय दायित्व बनेको छ । यस महासन्धिले सार्वजनिक क्षेत्रमा मात्र सीमित नगरी निजी क्षेत्रमा समेत स्वार्थको द्वन्द्व हुन नहुने प्रतिबद्धता व्यक्त गरेको छ । विशेषगरी अमेरिकामा सार्वजनिक जिम्मेवारीमा रहेको पदाधिकारीले सित्तैमा कसैले डिनर, लन्च स्वीकार गर्न नहुने व्यवस्था छ ।कुनै प्रकारको उपहार ग्रहण गर्न नपाइने, अन्य व्यक्ति वा संस्थाले आयोजना र प्रायोजन गरेको खण्डमा त्यस्तो भ्रमण गर्न नहुने कानुन छ । स्वार्थको संघर्ष स्पष्ट हुनेगरी कुनै पनि कम्पनी वा संस्थाको सेयर खरिद गर्न नहुने कडा व्यवस्था लागू छन् । यस्तो सुविधा लिँदा पूरा गर्नुपर्ने कानुनी प्रक्रिया र यस प्रकारको व्यवस्थाको उल्लंघन गरिँदा हुने कारबाही पनि कानुनमा छ । भावनात्मक रूपमा कसैसँग नजिक भएर निर्णय लिन कानुनले निषेध गरेको छ ।

 

यसैगरी म्यानपावर कम्पनीका सञ्चालकलाई उद्योग, वाणिज्य, श्रम र उपभोक्ता हितसम्बन्धी समितिमा जिम्मेवारी तोकिएको छ ।सार्वजनिक पदधारण गरेको कुनै पदाधिकारीले पदीय दायित्वविपरीत व्यक्तिगत स्वार्थअनुकूल काम गर्ने गरेको भन्ने आमधारणाले हाम्रोजस्तो सामाजिक, सांस्कृतिक विशेषता भएको राष्ट्रमा विशेष चर्चा पाएको छ । सार्वजनिक पदधारण गरेका सबै व्यक्ति निजी स्वार्थमा नै लागेका छन् भनी किटान गर्न नसकिए तापनि यो समस्या व्यापक बनेको कुरामा दुईमत छैन । यसले व्यक्तिगत स्वार्थ, नातावाद, कृपावाद, राजनीतिक विकृति, राम्रो मान्छेको सट्टा हाम्रो मान्छेको चयन, सार्वजनिक सरोकारको निर्णयमा जनसहभागिताको कमी, मिलोमतोमा काम गरी सार्वजनिक हानिनोक्सानी, सार्वजनिक प्रशासनमा पारदर्शिताको अभावजस्ता क्रियाकलापलाई प्राथमिकता दिएको छ । नेपालको सन्दर्भमा निहित स्वार्थका लागि भ्रष्टाचार हुनसक्ने सम्भावित क्षेत्रमा श्रम तथा रोजगार प्रवर्द्धनको क्षेत्रमा वैदेशिक रोजगार कम्पनीहरूलाई प्रदान गरिने इजाजत पनि हो । विशेष गरी रोजगारको क्षेत्रमा वैदेशिक रोजगार कम्पनीहरूलाई इजाजत दिँदा चलखेल तथा निहित स्वार्थ हुन गई उपभोक्तालाई ठूलो दुःख हुने गरेको छ ।

संयुक्त राष्ट्र संघको १४औं महासभाबाट सन् २००३ मा भ्रष्टाचारविरुद्धको घोषणापत्र जारी गरिएकोमा नेपाल त्यस दस्तावेजमा हस्ताक्षर गर्ने देशका रूपमा रहेको छ । त्यस दस्तावेजले स्वार्थको संघर्षलाई भ्रष्टाचारको एक स्वरूपका रूपमा स्वीकार गरेको छ । सम्बन्धित राष्ट्रले आफ्नो कानुनमा संशोधन गरेर वा नयाँ कानुन निर्माण गरेर यस अपराधलाई भ्रष्टाचारसरह नै दण्डित गर्ने नीति अवलम्बन गर्न समेत समझदारी बनाएको छ । तर, नेपालको ध्यान यसतर्फ जान सकेको छैन । यससम्बन्धी ऐनको मस्यौदासम्म पनि तयार गरिएको छैन । यस अर्थमा नेपालमा यसलाई कानुनीरूपमै दण्डित गर्नेभन्दा नैतिकताको कसीमा जोडेर हेर्नेगरी छाडी दिएको छ । नैतिकता’दयगत कानुनले नभई समाजले दण्डित गर्दछ तर नेपाली समाज स्वार्थको द्वन्द्वलाई प्रोत्साहित गर्न अभ्यस्त छ ।

अहिलेको संसदले यस विषयलाई प्राथमिकतामा राखी विश्व संस्थामा गरेको प्रतिबद्धताअनुरूपको कानुन बनाउनुपर्छ । यस परिस्थितिमा यस अपराधलाई सामाजिक मूल्यमान्यताभन्दा बढी गम्भीर अपराधका रूपामा ग्रहण गर्ने र कानुनी उपचारको बाटो अवलम्बन गरिने अवस्था आउँछ । यस प्रकारका प्रयास हुँदै गर्दा स्वार्थको संघर्षलाई नियन्त्रण गरी भ्रष्टाचारलाई नियन्त्रण गर्न थप सहायकसिद्ध हुने आशा गर्न सकिन्छ ।

नेपालमा कानूनी प्रक्रियामा स्वार्थको द्वन्द्व स्पष्ट रूपमा देखिन्छ। बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ को उदाहरणमा, वित्तीय संस्थाका संचालक र अध्यक्षहरूले आफ्ना व्यवसायिक स्वार्थलाई ध्यानमा राख्दै विधेयकमा प्रभाव पारेर कानुन निर्माण गरे। यसबाट नागरिकमैत्री कानुन निर्माणको कमी र निजीकरण र उदारीकरणका सैद्धान्तिक प्रभावहरू देखिन्छ।

धेरै सरकारी निकाय, संस्थान, बोर्ड र नियामक संस्थामा स्वार्थ बाझिने व्यक्ति पदासिन छन्, जसले संस्थाको कार्य सञ्चालनमा प्रभाव पारिरहेका छन्। स्वार्थ समूहहरू नीतिगत तहमा पुगेर आफूअनुकूल निर्णय गरिरहेका छन्। उच्चपदस्थ अधिकारी र राजनीतिज्ञहरूको सिद्धान्त र मूल्यबाट विचलन हुँदा स्वार्थको द्वन्द्व व्यवस्थापन हुन सकेको छैन। सरकारी निकायहरू, शिक्षा, स्वास्थ्य र अन्य क्षेत्रमा स्वार्थ समूहहरूको प्रभाव बढ्दै गएको छ।

Top of Form

 

Bottom of Form

नेपालमा स्वार्थको द्वन्द्वको व्यवस्थापनमा प्रष्टता र एकरूपतासमेतको अभाव छ। यद्यपि, केही कानुनी प्रावधानहरू जस्तै मुलुकी देवानी कार्यविधि संहिता, न्याय परिषद् ऐन, सुशासन ऐन, र संसदका नियमावलिहरूले स्वार्थको द्वन्द्व व्यवस्थापन गर्ने प्रयास गरेका छन्, तर ती प्रावधानहरू अन्तर्राष्ट्रिय मापदण्डअनुसार छैनन्। संसदमा स्वार्थको द्वन्द्व व्यवस्थापनको लागि एक स्पष्ट प्रावधान राख्नका लागि नीति अनुसन्धान प्रतिष्ठानले प्रतिवेदन पनि बुझाएको छ, तर ती प्रस्तावहरू कार्यान्वयनमा आइसकेका छैनन्। नयाँ सांसदहरू स्वार्थको द्वन्द्व व्यवस्थापनको महत्त्व बुझ्दैनन्, र पुराना सांसदहरू पनि यस विषयमा सक्रिय छैनन्।

स्वार्थको द्वन्द्व परिभाषा र व्यवस्थापनमा अस्पष्टता छ, जसका कारण नीति निर्माण र निर्णय प्रक्रियामा नकारात्मक प्रभाव पर्न सक्छ। स्वार्थ बाझिने सांसदहरूको समितिमा संलग्नता मुद्दा उठाइन्छ, तर यस विषयको स्पष्ट परिभाषा छैन। संसदमा सांसदहरूको पृष्ठभूमि र चासोका कारण उत्पन्न हुने स्वार्थको द्वन्द्वको प्रभावकारी व्यवस्थापन नगर्दा सार्वजनिक जीवनमा नकरात्मक प्रभाव पर्न सक्छ।

 

(उप्रेती नेपाल सरकारका उपसचवि हुन् ।)

 

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x