आज सुनको मूल्य घट्यो
वि.सं.२०८२ वैशाख १५ सोमवार
1.4K
shares
shares
काठमाडौं । आज सोमबार सुनचाँदीको भाउ घटेको छ । सुनको भाउ तोलामा १ हजार ४ सयले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार आज प्रतितोला सुनको मूल्य एक लाख ८८ हजार ३ सय रुपैयाँ कायम गरिएको छ । हिजो आइतबार प्रतितोला सुनको मूल्य एक लाख ८९ हजार ७ सय रुपैयाँ थियो ।
२० रूपैयाँले घटेर प्रतितोला चाँदी १ हजार ९ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ ।





























