मालपोत कार्यालय भक्तपुरका प्रमुख कुमार आचार्यलाई २४ लाख ५० हजार रुपैंया सहित पक्राउ

41.7K
shares
Nabil bank

काठमाडौं।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय भक्तपुरका प्रमुख कुमार आचार्यलाई २४ लाख ५० हजार रुपैंया सहित पक्राउ गरेको छ ।

 

अख्तियारले मालपोत प्रमुख आचार्य सहित कार्यालय सहयोगी टिकाराम राउतलाई पनि पक्राउ गरेको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय प्रमुख, नायब सुब्बा र कार्यालय सहयोगीलाई घुससहित नियन्त्रणमा लिएका छ ।

 

 

भूमि सुधार तथा मालपोत कार्यालय भक्तपुर भूमि सुधार शाखाका प्रमुख कुमार आचार्य, नायब सुब्बा दिपक प्रसाद अधिकारी र कार्यालय सहयोगी टीकाराम राउतलाई  मंगलबार घुस रकमसहित नियन्त्रणमा लिएको हो ।

 

राउतको साथबाट २४ लाख ५० हजार रकम पनि बरामद गरेको छ । मोही तल्सिङको मुद्दा मिलाउन प्रमुखसहितलाई दिनुपर्ने भन्दै घुस लिएका राउतलाई कार्यालयबाटै मंगलबार रंगेहात पक्राउ गरेको अख्तियारले जनाएको छ ।

 

उदयपुरका आचार्यको साथबाट दुईवटा मोबाइल डिभाइस, अधिकारीको साथबाट मोबाइल एक थान र भक्तपुरका राउतको साथबाट एउटा मोबाइल डिभाइससमेत बरामद गरिएको छ ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x