राजस्व अनुसन्धान विभागको कायम मुकायम महानिर्देशकको जिम्मा श्रेष्ठलाई

2K
shares

काठमाडौं । राजस्व अनुसन्धान विभागको कायम मुकायम महानिर्देशकको जिम्मेवारी सहसचिव कृष्णकुमारी श्रेष्ठलाई दिइएको छ । सचिवस्तरीय निर्णयबाट विभागमा उपमहानिर्देशकको जिम्मेवारीमा रहेकी श्रेष्ठलाई बुधबारदेखि लागू हुने गरी कायम मुकायम महानिर्देशकको जिम्मेवारी दिइएको हो ।

 

गत असार १५ गतेदेखि तत्कालीन महानिर्देशक चण्डीप्रसाद घिमिरे अनिवार्य अवकाशमा गएपछि विभाग महानिर्देशक विहीन रही आएको थियो । सचिवस्तरीय निर्णयबाट कायम मुकायम महानिर्देशको जिम्मेवारी पाएकी श्रेष्ठले बुधबारदेखि नै जिम्मेवारी सम्हालेकी छन् ।

 

 

घिमिरे अनिवार्य अवकाशमा गएपछि असार १५ देखि असार ३२ गतेसम्म निमित्त महानिर्देशनको जिम्मेवारी सम्हालिरहेकी थिइन् ।

civil hospital
Hams Hospitals