कर्णाली विकास बैंक घोटाला प्रकरणमा १११ जनालाई मुद्दा चलाउन सिफारिस

15.4K
shares
Nabil bank

काठमाडौँ। कर्णाली विकास बैंक घोटाला प्रकरणमा सवा तीन अर्ब रुपैयाँ विगो माग गर्दै १०९ जनाविरुद्ध मुद्दा दायर गरिएको छ। जिल्ला सरकारी वकिल कार्यालय बाँकेले बुधबार उच्च अदालत तुलसीपुरको नेपालगञ्ज इजलासमा मुद्दा दायर गरेको हो। प्रहरीको अनुसन्धान प्रतिवेदनका आधारमा करिब एक साता अध्ययनपछि यो मुद्दा अगाडि बढाइएको हो।

 

 

३ अर्ब २० करोड ११ लाख रुपैयाँको विगो दाबी गर्दै दायर गरिएको उक्त मुद्दामा बैंकका पूर्वअध्यक्ष राजेन्द्रवीर राय, अर्का पूर्वअध्यक्ष पशुपति दयाल मिश्र, र नेपाल राष्ट्र बैंकका तत्कालीन कर्मचारी भुवन बस्नेत सहित १०९ जनालाई प्रतिवादी बनाइएको सहायक जिल्ला न्यायाधिवक्ता गोविन्दबहादुर शाहीले जानकारी दिए।

 

 

मुद्दामा संलग्नमध्ये हालसम्म ४ जना प्रहरी हिरासतमा छन् भने १०५ जना फरार छन्। राय जेठ १८ गते पक्राउ परेका थिए। एक महिनापछि मिश्रलाई पनि नियन्त्रणमा लिइएको थियो। राष्ट्र बैंकका तत्कालीन कर्मचारी बस्नेत साउन २ गते पक्राउ परेका हुन्।

 

 

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले १११ जनालाई प्रतिवादी बनाएर मुद्दा चलाउनुपर्ने सुझावसहितको प्रतिवेदन साउन ८ गते जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएको थियो। घोटालामा बैंकका सञ्चालक, कर्मचारी तथा अन्य व्यक्ति मिलेमतोमा संलग्न रहेको प्रारम्भिक निष्कर्ष प्रहरीले निकालेको छ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x