वडाध्यक्ष यादवसहित २ जनाविरुद्ध भ्रष्टाचार आरोपमा मुद्दा दायर

17.3K
shares
Nabil bank

रुपन्देही । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुपन्देहीको मर्चवारी गाउँपालिकाका वडा नम्बर ३ का वडा अध्यक्ष जनार्दन यादवसमेत २ जनाविरुद्ध भ्रष्टाचार गरेको मुद्दा दायर गरेको छ ।

अख्तियारले वडाअध्यक्ष यादवले विभिन्न योजनाको निर्माण कार्य सम्पन्न भएपश्चात भुक्तानी सिफारिस गर्न तीन लाख घुस लिएको आरोपमा मुद्दा दायर गरेको जनाएको छ ।

वडाअध्यक्ष यादवले सो रकम गणेश ट्रेडिङका संचालकका छोरा विपिन कुमार पाण्डेयलाई लिन लगाएको र पाण्डेयले घुस लिएको अवस्थामा नियन्त्रण लिएको थियो ।

अक्तियारका प्रवक्ता राजेन्द्रकुमार पौडेलले वडाध्यक्ष यादव र यसमा सहयोग गर्ने पाण्डेयविरुघ तीन तीन लाख रुपैयाँ बिगो माग गर्दै विशेष अदालत, काठमाडौंमा आरोप(पत्र दायर भएको जनाएका छन् ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x