भेप चोरी पैठारी प्रकरण : ८७ करोड बिगोसहित राजस्व छली मुद्दा दायर

31.3K
shares
Nabil bank

काठमाडौं।८६ हजार ४ सय विद्युतीय चुरोट (भेप) चोरी पैठारी गरी राजस्व चुहावट गरेको अभियोगमा राजस्व अनुसन्धान विभागले ४ व्यक्ति र ७ कम्पनीविरुद्ध ८७ करोड बिगोसहितको मुद्दा दायर गरेको छ ।

चार व्यक्तिविरुद्ध ३० करोड  र ७ कम्पनीविरुद्ध ५७ करोड गरी ८७ करोड बिगो तथा बिगो बमोजिम जरिवाना गर्न माग गर्दै बिहीबार ललितपुर जिल्ला अदालतमा राजस्व छली मुद्दा दायर गरिएको विभागकी उपमहानिर्देशक कृष्णकुमारी श्रेष्ठले जानकारी दिइन् ।

विजय शेर्पा र रमेश शेर्पालाई मुख्य प्रतिवादी बनाइएको मुद्दामा उनीहरूसँग २० करोड १५ लाख ४८ हजार तथा मतियार सन्तोष पराजुली र महेशप्रसाद पाठकमाथि १० करोड ७ लाख ७४ हजार बिगो र बिगोबराबर जरिवाना मागदाबी गरिएको छ ।

यस्तै, सिल्क ग्रुप र त्यसका सहायक ७ वटा कम्पनीसँग ५७ करोड ८ लाख ४ सय ५३ रुपैयाँ बिगो माग गरिएको छ ।

ललितपुरको महालक्ष्मी नगरपालिका–४ शितलहाइटस्थित गोदाममा भन्सार चोरी पैठारी गरेर लुकाइ राखिएका भेपहरू विभागको टोलीले मिति २०८१ माघ २२ गते बरामद गरेको थियो ।

 

सोही घटनाबारे थप अनुसन्धान गर्न माघ २३ गते सिल्क ग्रुप प्रा.लि.को बालकुमारीस्थित शाखा गोदाम र नक्सालस्थित कर्पोरेट कार्यालयमा छापा मारिएको थियो ।

 

विभागले त्यहाँबाट कारोबारसम्बन्धी कागजात, खाताबही तथा कम्प्युटरहरू समेत नियन्त्रणमा लिएको थियो ।

 

विभागको विस्तृत अनुसन्धानपछि सरकारी वकिलको रायअनुसार सिल्क ग्रुप प्रा.लि.का अध्यक्ष रमेश शेर्पालगायत ४ व्यक्ति र ७ कम्पनीलाई विपक्षी बनाएर मुद्दा दायर गरिएको हो।

 

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x