सात हजार भत्ता बुझे लगत्तै पत्रकारबीच मारमुङ्ग्री
वि.सं.२०८२ भदौ १० मंगलवार
shares
सिन्धुपाल्चोक । केही दिन अघि बाह्रबिसेमा सिन्धुपाल्चोकका पत्रकारबीच गजबको भिडन्त भयो । तीनजना मिलेर एकजना पत्रकारलाई भाकभुक हानेको भिडियो निक्कै चर्चित भयो । कालिका हाई«डोपावरले बाह्रबिसे आसपासमा निर्माण गर्न लागेको जलविद्युत आयोजनाको सार्वजनिक सुनुवाइका लागि गाडी रिजर्व गरिदिएर भत्तासहित गएका पत्रकारनै मारमुङ्ग्रीमै उत्रिएका हुन् । सिन्धुपाल्चोक पत्रकार महासङ्घमा कोषाध्यक्ष उम्मेदवार बनेर पराजित बनेका निरोज चौलागाईँलाई बाह्रबिसे स्थानीय घर भएका कान्तिपुरमा रिपोर्टिङ् गर्ने अनिष तिवारी र उनका दाजु आशिष तिवारीले हुल उठाएर ठोकठाक गरेका हुन् । भिडियोमा देखिएअनुसार तीन जना एकातिर र अर्कोतिर एकजना मात्र भिडेका छन् । केही पत्रकारले छुट्याए पनि घाउ चोटकै अवस्था आएपछि फेरि कुनै दिन भिडन्त हुने आङ्कलन गरिएको छ ।
प्रत्येक व्यक्तिले सात हजार भत्ता बुझेर आयोजनाकै भात खान हिँडेको बेला पत्रकारले पत्रकार नै भक्कुमार कुटेपछि आयोजनाका मान्छे पनि रमिते बनेका थिए । केहीले भने भत्ता र भातमा असन्तुष्ट हुँदा पत्रकारहरू मारमुङ्ग्रीमै लागेको चर्चा पनि गरेका छन् ।































