बेलबटम’को प्रदर्शन मिति तय

1.6K
shares

एजेन्सी । अभिनेता अक्षर कुमार अभिनीत चलचित्र ‘बेलबटम’को प्रदर्शन मिति तय भएको छ । ट्विटरमा एक भिडियो सार्वजनिक गर्दै ‘बेलबटम’को प्रदर्शन मिति अक्षयले घोषणा गरेका हुन् ।

 

भिडियोमा भनिएअनुसार चलचित्र हलमा नै प्रदर्शन हुने छ । चलचित्रमा लारा दत्ता, वाणी कपुर र हुमा कुरेसीको अभिनय रहेको छ । भारतमा लामो समय निषेधाज्ञा लागेसँगै ‘बेलबटम’ पनि सिधै ओटीटी प्लेटर्फमा रिलिज हुने चर्चा थियो ।

 

तर, अक्षयले चलचित्र जुलाई २७ अर्थात् साउन १२ बाट हलमै रिलिज हुने जानकारी गराएका हुन् ।

civil hospital
Hams Hospitals