कर्मचारी, ग्राहक र संरचनाको सुरक्षाप्रति नाडाको चिन्ता

1.1K
shares

काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले अटोमोबाइल क्षेत्रलाई सामान्य अवस्थामा फर्काउने कार्यमा आवश्यक सहयोग र सहजीकरण गर्न सरकारसँग आग्रह गरेको छ ।

 

 

आइतबार विज्ञप्ति जारी गर्दै नाडाले हालै देशव्यापी आन्दोलन र प्रदर्शनले मुलुकमा गहिरो असर पारेको उल्लेख गर्दै सम्पूर्ण व्यावसायिक समुदायको सुरक्षालाई सर्वोच्च प्राथमिकतामा राख्न सरकारलाई अनुरोध गरेको छ।

 

 

नाडाले आन्दोलनका क्रममा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली अर्पण गर्दै प्रभावित परिवारप्रति संवेदना व्यक्त गरेको छ भने घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेको छ ।

 

 

विज्ञप्तिमा हालको परिस्थितिले उपभोक्ता विश्वासमा नकारात्मक असर पु¥याएको र दीर्घकालीन रुपमा लगानी तथा रोजगारीमा चुनौती थपिएको उल्लेख छ। शान्तिपूर्ण संवाद र सहमतिको बाटोमार्फत हरेक कठिनाइ समाधान गर्न सकिने विश्वास पनि नाडाले व्यक्त गरेको छ ।

 

 

नेपालको अटोमोबाइल क्षेत्र उद्योग, व्यापार र रोजगारीको महत्वपूर्ण आधारशिला भएको बताउँदै नाडाले कर्मचारी, ग्राहक तथा सम्पूर्ण संरचनाको सुरक्षाप्रति चिन्ता जनाएको छ ।

 

 

सदस्य कम्पनीहरूको हित, उपभोक्ताको विश्वास र अटोमोबाइल उद्योगलाई सुरक्षित राख्न निरन्तर खटिने प्रतिबद्धता व्यक्त गर्दै नाडाले एकताबद्ध प्रयास, जिम्मेवार नेतृत्व र सकारात्मक संवादमार्फत मुलुक चाँडै स्थायित्वतर्फ अघि बढ्ने विश्वास लिएको जनाएको छ ।

civil hospital
Hams Hospitals