सेवाग्राहीसँग घुस लिने प्रधानाध्यापक र बिचौलिया पक्राउ
वि.सं.२०८२ असोज २५ शनिवार
26.1K
shares
shares
काठमाडौं । शिक्षक नियुक्तिका लागि सेवाग्राहीसँग चार लाख पचास हजार रुपैयाँ घुस लिएको अभियोगमा रौतहटको जय किसान माध्यमिक विद्यालयका प्रधानाध्यापक संजय प्रसाद र बिचौलिया अरविन्द प्रकाश साहकानु पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घुस लिएको सूचनाको आधारमा बिचौलिया साहकानुले सेवाग्राहीबाट मागिएको रकम बुझिसकेको अवस्थामा रंगेहात पक्राउ गरिएको आयोगले जनाएको छ।
प्रधानाध्यापक संजय प्रसादले विद्यालयमा शिक्षक आवश्यकता सम्बन्धी खुलाइएको विज्ञापनको आधारमा सेवाग्राहीबाट विधिपूर्वक दिइएको दरखास्तको प्रक्रियालाई अगाडि बढाउने बहानामा घुस मागेको उजुरीका आधारमा आयोगको टोली खटिएको थियो। उनले विचाैलियामार्फत ४ लाख ५० हजार रुपैयाँ घुसबापत मागेका थिए । सेवाग्राहीले उक्त रकम बिचाैलिया साहुकानुलाई बुझाएका थिए ।
Subscribe
0 Comments
Oldest






























