ऊर्जाका उपसचिव बस्नेत उग्र

43.8K
shares
Nabil bank

 

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका एक उपसचिवको उग्रताले सीमा नाघेको छ । कर्मचारी प्रशासन शाखाका उपसचिव ललितकुमार बस्नेतले नियम विपरितको कामको अगुवा गरिरहेका छन् । नियमित रूपमा कार्यालयमा उपस्थित नहुने उनको प्रमुख काम हो ।

 

अझ बाहिरी इन्स्टिच्युटहरूमा पढाएर कार्यालयको पनि तलव पचाईरहेका छन् ।बस्नेतले ओटिस इन्स्टिच्युट, नेम इन्स्टिच्युटलगायत नाम चलेका कन्सल्टेन्सी र प्रशिक्षण संस्थाहरूमा अध्यापन गर्ने गरेको मन्त्रालयभित्रै चर्चा छ । सरकारी सेवामा रहँदा बाहिरी संस्थामा अध्यापन गर्नु स्पष्ट रूपमा नियमविपरीत कार्य मानिन्छ ।

 

कर्मचारीहरूका अनुसार बस्नेतले कार्यालयमा आफूभन्दा तल्लो तहका कर्मचारीहरूप्रति दुव्र्यवहार गर्ने, थर्काउने र दादागिरीपूर्ण व्यवहार गर्ने गरेका छन् । एक कर्मचारीका अनुसार उनले पहिला पनि ‘म मन्त्री दीपक खड्का नै हुँ’ भन्ने अभिव्यक्ति दिँदै अधिनस्त कर्मचारीहरूलाई धम्क्याउने गरेका छन् ।

 

 

सरकारी सेवामा कार्यरत कर्मचारीले बाहिरी संस्थामा अध्यापन गर्नु सेवा आचरणविपरीत र गैरकानुनी रहेको उल्लेख गर्दै कर्मचारीहरूले यसबारे मन्त्रालयले स्पष्ट छानबिन गर्नुपर्ने माग गरेका छन् ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x