एनपिएलमा लुम्बिनी लायन्सको महत्वपूर्ण जित, प्लेअफको आशा बलियो
वि.सं.२०८२ मंसिर १७ बुधवार
shares
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत बुधबारको खेलमा लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई ५ विकेटले पराजित गर्दै अंक तालिकाको चौथो स्थानमा उक्लिएको छ। यस जितसँगै लुम्बिनीले प्लेअफमा पुग्ने सम्भावना जीवित राखेको छ।
लुम्बिनीको जितमा डार्सी सर्ट नायक बने। १४५ रनको लक्ष्य पछ्याउँदै मैदानमा उत्रिएको लुम्बिनीका लागि उनले ४४ बलमा ५७ रन (४ चौका, २ छक्का) जोड्दै टोलीलाई जितको आधार तयार गरे।निरोशन डिक्वाला २९, सन्दीप जोरा २४ र दिलीप नाथ १६ रनका साथ महत्वपूर्ण साझेदार बनिए।
लुम्बिनीले १७ ओभर ४ बलमा ५ विकेटको क्षतिमा लक्ष्य भेट गरेको थियो।बलिङतर्फ विराटनगरका कप्तान सन्दीप लामिछाने र सुबास भण्डारीले दुई–दुई विकेट लिए भने बसिर अहमदले एक विकेट हात पारे।
यसअघि टस जितेर लुम्बिनीका कप्तान रोहित पौडेलले बलिङ रोजेका थिए।पहिले ब्याटिङ गरेको विराटनगरले २० ओभरमा ८ विकेट गुमाएर १४४ रन मात्र जोड्न सक्यो।
विराटनगरका लागि बसिर अहमद — १९ बलमा २८ रनलोकेश बम — ४२ बलमा ३५ रनसाम हेजलेट — २० बलमा २७ रनमुख्य योगदानकर्ता बने।
लुम्बिनीका बलर शेर मल्लले उत्कृष्ट प्रदर्शन गर्दै ३ विकेट लिए।जेजे स्मिथ, अभिशेष गौतम र रुबेन ट्रम्पलम्यानले एक–एक विकेट जोडे।































