आजका लागि विदेशी मुद्राको भाउ घट्यो
वि.सं.२०८२ मंसिर २४ बुधवार
shares
काठमाडौँ। नेपाल राष्ट्र बैंकले आजको विदेशी विनिमयदर सार्वजनिक गरेको छ। हिजो सुधार देखिएका अधिकांश विदेशी मुद्राहरू आज फेरि घटेका छन्। अमेरिकी डलरसँगै युरो, पाउन्ड, कुवेती दिनार, बहराइन दिनारसहित करिब सबै प्रमुख मुद्राको भाउ तल झरेको छ।
राष्ट्र बैंकका अनुसार अमेरिकी डलर (USD) को खरिददर १४३ रुपैयाँ ५१ पैसा र बिक्रीदर १४४ रुपैयाँ ११ पैसा तोकिएको छ।
युरोपियन युरो (EUR) को खरिददर १६७ रुपैयाँ ०५ पैसा र बिक्रीदर १६७ रुपैयाँ ७५ पैसा,
युके पाउन्ड (GBP) को खरिददर १९१ रुपैयाँ ३४ पैसा र बिक्रीदर १९२ रुपैयाँ १४ पैसा निर्धारण गरिएको छ।
अष्ट्रेलियन डलर (AUD) आज झरेर खरिददर ९५ रुपैयाँ २५ पैसा र बिक्रीदर ९५ रुपैयाँ ६५ पैसा
क्यानेडियन डलर (CAD) को खरिददर १०३ रुपैयाँ ६८ पैसा र बिक्रीदर १०४ रुपैयाँ ११ पैसा तय गरिएको छ।
जापानी येन, चिनियाँ युआन, साउदी रियाल, कतारी रियाल, थाई भाट, मलेसियन रिङ्गेट र कोरियन वनजस्ता अन्य मुद्राहरू पनि साना मात्रामा घटेका छन्।
त्यस्तै,
कुवेती दिनार (KWD) को खरिददर ४६७ रुपैयाँ ४३ पैसा र बिक्रीदर ४६९ रुपैयाँ ३८ पैसा,
बहराइन दिनार (BHD) को खरिददर ३८० रुपैयाँ ६९ पैसा र बिक्रीदर ३८२ रुपैयाँ २८ पैसा छ।
भारतीय रुपैयाँ (INR) १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा कायम गरिएको छ।
राष्ट्र बैंकले आवश्यक परे विनिमयदर जुनसुकै समयमा पनि परिमार्जन गर्न सकिने जनाएको छ। वाणिज्य बैंकहरूले तोक्ने दर भने केही फरक हुन सक्नेछ। अद्यावधिक विनिमयदर राष्ट्र बैंकको वेबसाइटमा उपलब्ध छ।




























