एनपीएल इलिमिनेटर: काठमाण्डु गोर्खाज १११ रनमै अलआउट, लुम्बिनीलाई ११२ रनको सहज लक्ष्य

18.9K
shares
Nabil bank

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ अन्तर्गत इलिमिनेटर खेलमा काठमाण्डु गोर्खाजले लुम्बिनी लायन्सलाई ११२ रनको मध्यम लक्ष्य दिएको छ। टीयु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको काठमाण्डु १९.१ ओभरमै १११ रनमा आलआउट भयो।

काठमाण्डुका लागि सन्तोष यादवले सर्वाधिक २३ रन बनाए। जोन सिम्पसन र मोहम्मद आदिल आलमले समान १८–१८ रन जोडे। वेन चार्ल्सवर्थ ४, आकाश त्रिपाठी १, सन्नी पटेल ७, मिलिन्द कुमार २, भीम सार्की १४, कप्तान करण केसी ९ र रसिद खान २ रनमा आउट भए। शाहव आलम भने ४ रनमा अविजित रहे।

लुम्बिनीका कप्तान रोहित पौडेल र शेर मल्ल घातक बने—दुवैले ३–३ विकेट लिए। त्यस्तै रुवेन ट्रम्पलम्यानले २ विकेट निकाले भने अभिषेश गौतमले एक विकेट थपे।

अब लुम्बिनी लायन्स ११२ रनको लक्ष्य पछ्याउँदै क्वालिफायर–२ मा स्थान बनाउन मैदानमा उत्रिनेछ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x