एस्ट्रीम एनर्जी ड्रिङ्क्सद्वारा नेपाल प्रिमियर लिग (NPL) फाइनल खेलको निःशुल्क प्रदर्शन

30.5K
shares
Nabil bank

काठमाडौँ ।एस्ट्रीम एनर्जी ड्रिङ्क्सले नेपाल प्रिमियर लिग (NPL) को क्रिकेट उत्साहलाई महोत्सवको रूपमा मनाउने उद्देश्यले आगामी मंसिर २७ गते, शनिवार हुने सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स बीचको फाइनल खेल निःशुल्क सार्वजनिक प्रदर्शन गर्ने भएको छ।

फाइनल खेल धनगढीको जी.एन.जी. मार्गस्थित पार्क मोड तथा बुटवलको ट्राफिक चोकमा एलईडी स्क्रिनमार्फत प्रत्यक्ष प्रसारण गरिनेछ।

आफ्नो प्रदेशको प्रतिनिधित्व गर्ने टोलीलाई सामूहिक रूपमा समर्थन, हौसला वृद्धि तथा खेलक्रीडालाई स्थानीय उत्सवको रूपमा परिवर्तित गर्ने उद्देश्यले एस्ट्रीम एनर्जी ड्रिङ्क्सले यो विशेष प्रसारणको व्यवस्था गरेको हो।

खेलका रोमाञ्चक क्षणलाई नजिकबाट अनुभूति गराउन दुवै स्थानमा उत्कृष्ट प्राविधिक व्यवस्थासहित प्रत्यक्ष प्रसारण हुने कम्पनीले जनाएको छ। यसले खेलप्रेमीलाई आफ्नो प्रदेश तथा मनपर्ने टिमप्रति एकताको भावनासहित समर्थन गर्न प्रेरित गर्ने विश्वास कम्पनीले व्यक्त गरेको छ।

एस्ट्रीम एनर्जी ड्रिङ्क्सले सबै खेलप्रेमी, परिवार तथा युवाहरूलाई ऊर्जा, उत्साह र एकताको भावना सहित उपस्थिति जनाई फाइनल खेललाई महोत्सवपूर्ण बनाउन आग्रह गर्दछ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x