छुट्टाछुट्टै सवारी दुर्घटना ९ जनाको मृत्यु
वि.सं.२०८२ पुस १६ बुधवार
shares
काठमाडौं।बुढानिलकण्ठ नगरपालिका–७ गल्फुटार चोकमा बा.प्र.०२-०५२ प ५४०२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा रामेछाप खाँडादेवी गाउँपालिका–३ का अवि श्रेष्ठको मृत्यु भएको छ। गम्भीर घाइते उनलाई त्रिवि शिक्षण अस्पताल महाराजगंजमा उपचारको क्रममा निधन भएको हो।
काठमाडौं महानगरपालिका–१२ टेकुमा बाग्मती प्रदेश ०१–००१ य १७४३ नम्बरको ईभी गाडी र बा.९१ प ७५६४ नम्बरको मोटरसाइकल ठक्कर हुँदा मोटरसाइकल चालक काभ्रे बेथानचोक गाउँपालिका–२ का दिपक बजगाईको मृत्यु भएको छ। गम्भीर घाइते उनलाई राष्ट्रिय ट्रमा सेन्टरमा उपचारको क्रममा निधन भयो। प्रहरीले ईभी चालकलाई नियन्त्रणमा लिएको छ।
महानगरपालिका–८ जाल्पारोडमा ग.१९ प ५७५ नम्बरको स्कुटर अनियन्त्रित भई दुर्घटना हुँदा २० वर्षीय संगम सुनारको मृत्यु भएको छ।
भरतपुर महानगरपालिका–१० दिपेन्द्र चोकमा ना.२ ह ३१७७ नम्बरको अटो र ना.६२ प ९७६३ नम्बरको मोटरसाइकल ठक्कर हुँदा अटो चालक ३६ वर्षीय धन बहादुर गुरूङको मृत्यु भएको छ। मोटरसाइकलमा सवार ३ जना घाइते छन्।
लाप्राकतर्फ जाँदै गरेको ना.५ ख ९२७१ नम्बरको ट्रकको ठक्करबाट पैदलयात्री ४० वर्षीय दिपक कुमार राईको मृत्यु भएको छ।
क.प्र.०२–००३ प २५७१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई ३५ वर्षीय दिपेन्द्र घर्तीमगरको मृत्यु भएको छ।
ना.७ ख ९२६६ नम्बरको ट्याङकरसँग मोटरसाइकल ठोकिँदा मोटरसाइकलमा सवार ३२ वर्षीया स्वस्तीका ऐर बडालको मृत्यु भएको छ।
हाल नम्बर नखुलेको सवारी साधनको ठक्करबाट पैदलयात्री ८२ वर्षीय भुवन सिँह मस्राङ्गी मगरको घटनास्थलमै मृत्यु भएको छ।
रा.६ प ९९९६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकलमा सवार २१ वर्षीय बिलगेटस बुढा मगरको मृत्यु भएको छ।
प्रहरीले सबै घटनासँग सम्बन्धित आवश्यक अनुसन्धान सुरु गरेको छ।































