कतारद्वारा १३ जना नेपालीलाई आममाफी, नेपाल सरकारद्वारा स्वागत
वि.सं.२०८२ पुस १८ शुक्रवार
13.2K
shares
shares
काठमाडौं । कतार राज्यले आफ्नो राष्ट्रिय दिवस तथा अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसर पारेर कतारको जेलमा रहेका १३ जना नेपाली नागरिकलाई आममाफी दिएको छ।
परराष्ट्र मन्त्रालयले आइतबार एक विज्ञप्ति जारी गर्दै कतार सरकारले विभिन्न मुलुकका कैदीलाई दिएको आममाफीअन्तर्गत १३ नेपाली नागरिक पनि मुक्त भएको जनाएको हो। मन्त्रालयले आममाफी प्रदान गरेकामा कतार सरकारप्रति धन्यवाद तथा आभार व्यक्त गरेको छ।
विज्ञप्तिमा नेपाल–कतारबीच विद्यमान द्विपक्षीय सम्बन्धमा रहेको गहिरो मित्रता, सौहार्दता र आपसी समझदारीको प्रतिफलस्वरूप मानवीय आधारमा प्रदान गरिएको यस दयालु माफीको उच्च कदर गरिएको उल्लेख छ।
नेपाल सरकारका अनुसार कतार सरकारको यस कदमले दुई देशबीचको सम्बन्धलाई थप मजबुत बनाउने विश्वास लिइएको छ।
Subscribe
0 Comments
Oldest






























