ट्रक यातायात व्यवसायी महासंघको साधारणसभा र महाधिवेशन पुस २६–२७ गते ललितपुरमा

1.4K
shares

काठमाडौँ । नेपाल ट्रक यातायात व्यवसायी महासंघको १७औँ वार्षिक साधारणसभा तथा आठौँ महाधिवेशन आगामी पुस २६ र २७ गते ललितपुरमा आयोजना हुने भएको छ।

महासंघको मंसिर १४ गते बसेको कार्यसमितिको निर्णयअनुसार साधारणसभा तथा महाधिवेशन ललितपुरको धोबिघाटस्थित सिद्धार्थ कटेज रेष्टुराँमा आयोजना गरिने महासंघले जनाएको छ। कार्यक्रम दुवै दिन बिहान ८ बजेबाट सुरु हुनेछ।

महासंघका पदाधिकारी, प्रतिनिधि तथा सदस्यहरूको सक्रिय सहभागिता रहने विश्वास व्यक्त गर्दै महासंघले उक्त कार्यक्रममार्फत हालसम्मका गतिविधिको समीक्षा, भावी कार्ययोजना तय गर्ने तथा नयाँ नेतृत्व चयनसम्बन्धी विषयमा छलफल हुने जनाएको छ।

महासंघका महासचिव राजेन्द्र विक्रम बानियाँका अनुसार साधारणसभा र महाधिवेशनले संगठनलाई अझ सुदृढ बनाउने दिशामा महत्वपूर्ण भूमिका खेल्नेछ।

यसैबीच, महासंघको कार्यसमितिको अर्को बैठक पुस २५ गते बिहान ८ बजे महासंघको कार्यकक्षमा बस्ने जानकारी पनि दिइएको छ। बैठकमा महाधिवेशनको तयारी तथा समसामयिक विषयमा छलफल हुने अपेक्षा गरिएको छ।

महासंघले साधारणसभा तथा महाधिवेशनलाई सफल बनाउन सम्बन्धित सबैको अनिवार्य उपस्थितिका लागि अनुरोध गरेको छ।

civil hospital
Hams Hospitals