रियालिटी शो ‘कमेडी च्याम्पियन सिजन–२’ आजदेखि पुनः सञ्चालनमा आउने

1.7K
shares

काठमाडौँ । कोरोना भाइरसको संक्रमणका कारण रोकिएको रियालिटी शो ‘कमेडी च्याम्पियन सिजन–२’ आजदेखि पुनः सञ्चालनमा आउने भएको छ।

करिब दुई महिनादेखि रोकिएको शो आजदेखि नियमित रुपमा सञ्चालनमा आउने निर्देशक विशाल भण्डारीले जानकारी दिए ।

कार्यक्रम प्रसारणका लागि गत आइतबार उत्कृष्ट नौ प्रतियोगीको प्रस्तुति छायाँंकन गरिएको छ । त्यसक्रममा स्वास्थ्य–सुरक्षाका सम्पूर्ण मापदण्डहरु पुरा गरिएको भण्डारीले बताए।

कार्यक्रममा निर्णायकका रूपमा अभिनेत्रीद्वय करिश्मा मानन्धर र रेखा थापा रहेका छन् । यस्तै सन्तोष पन्त, मनोज गजुरेल, प्रदीप भट्टराई, ऋचा शर्मा पनि नियमित निर्णायकका रुपमा रहेका छन् । यस शोका निर्माता केकी अधिकारी, रिमा विश्वकर्मा, विशाल भण्डारी र राज घिमिरे हुन् ।

civil hospital
Hams Hospitals