नागरिक सभाबाट फर्किँदै गर्दा दुर्गा प्रसाईं पक्राउ

20.6K
shares
Nabil bank

काठमाडौं । मेडिकल व्यवसायी तथा नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईंलाई प्रहरीले पक्राउ गरेको छ। उनलाई पोखराबाट नियन्त्रणमा लिइएको हो।

कास्की प्रहरीका अनुसार पोखराको लेकसाइडमा आयोजित नागरिक सभालाई सम्बोधन गरेर फर्किने क्रममा चाउथे क्षेत्रबाट प्रसाईंलाई पक्राउ गरिएको हो। हाल उनलाई काठमाडौं ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ।

कास्की प्रहरी प्रमुख एसपी नवीन कार्कीले साइबर ब्युरोको पत्रका आधारमा प्रसाईंलाई पक्राउ गरी काठमाडौं पठाउन लागिएको जानकारी दिएका छन्।

कांग्रेसको आधिकारिकता विवादमा निर्वाचन आयोगले पैसाको लेनदेनका आधारमा निर्णय गरेको आरोप लगाउँदै प्रसाईंले सार्वजनिक अभिव्यक्ति दिएका थिए। उक्त अभिव्यक्तिलाई लिएर आइतबार निर्वाचन आयोगले कारबाहीको अनुरोधसहित साइबर ब्युरोलाई पत्राचार गरेको थियो।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x