विवाह पश्चात पनि श्रीमानकाे थर नराख्ने पाँच बलिउड नायिकाहरु

1.9K
shares

मुम्बई। विवाहपछि प्राय: महिलाहरु आफ्नो थर परिवर्तन गरि श्रीमानकाे थर राख्ने गर्दछन् ।

यद्यपि, बलिउडमा त्यस्ता केही अभिनेत्री छन्, जसले विवाहपछि पनि श्रीमान्को थर आफ्नो थर हटाएर राखेका छैनन्।

ट्विङ्कल खन्ना

अक्षय कुमार र ट्विङ्कल खन्ना बलिउडकै सबैभन्दा शक्तिशाली जोडी मध्येको एक हो । दुवैको विवाह भएको दुई दशकभन्दा बढि भइसकेको छ । यो जोडिबीच प्रेम, समझदारी आदि सबै उत्कृष्ट छ । तर, वैवाहिक जीवनमा दुबैको सोच एक–अर्काको भन्दा पृथक छ, तर पनि दुवैको सम्बन्ध एकदम राम्रो छ । यही कारणले ट्विङ्कल खन्नाले आफ्नो पहिचानमा कुनै परिवर्तन गरेकी छैनन् र अहिलेसम्म पनि आफ्नो नाम पछाडि अक्षयको थर राखेकी छैनन् ।

प्रीटि जिन्टा

सन् २०१६ मा अभिनत्रेी प्रीति जिन्टाले अमेरिकन व्यापारी जिनी गुडेनफसंग विवाह गरेकी थिइन् । विवाहपछि पनि प्रीतिले भारतीय संस्कृतिलाई नै पछ्याइरहिन् । उनले आफू कसैको श्रीमती भनेर चिनिनु भन्दा आफ्नो बुबाको छोरी भएर चिनिन रुचाउने भएकाले आफ्नो थरमा कुनै किसिमको परिवर्तन नगर्ने बताएकी छिन् ।

विद्या बालन

विद्या बालन आफ्नो थर परिवर्तन गर्ने कुरामा भन्छिन् –‘जसरी सिद्धार्थ राय कपूरमा सिद्धार्थ बालन राय कपूर सुहाउँदैन, त्यसरी नै म सधैं विद्या बालन नै रहने छु । विद्याका अनुसार श्रीमतीको थर परिवर्तन गर्नु पर्छ भन्ने कुरामा किन विवाद हुन्छ ? त्यसो त महिलालाई पनि आफ्नो पहिचान अगाडि बढाउने पूर्ण अधिकार छ ।

अनुष्का शर्मा

अनुष्का शर्मा र विराट कोहलीको प्रेम विवाह भएता पनि उनीहरुको धेरै कुराहरुमा सोच भिन्न रहेको छ । प्रियंका चोपडा विवाहपछि श्रीमान् को नाम जोडेर मिसेज जोनस बनिन तर अनुष्काले आफ्नो श्रीमान् को थर आफ्नो परिचयमा हावी हुन दिइनन् ।

दीपिका पादुकोण

विवाहपछि एउटा अन्तर्वार्तामा दीपिका पादुकोणसंग थर परिवर्तन गर्ने बारेमा प्रश्न गर्दा उनले ‘हामी दुबैबीच आफ्नो नाम थर परिवर्तन गर्ने बारेमा केही कुरा भएको छैन, त्यसैले थर परिवर्तन गर्ने त कुरा नै आउँदैन’ भन्ने जवाफ दिएकी थिइन् ।

civil hospital
Hams Hospitals