लघुकथा :  वैशाख बाह्र

189
shares

 

 

“कस्तो संयोग मिलेछ है !”

 

बाटोमा हिडेका बटुवा चर्को घामले असिनपसिन भएकाले चौतारीमा बसेर गफ गर्दै थिए । गन्तव्य टाढा थियो, एकछिन विश्राम लिदै शीतल हावाको आनन्दले थकाइ बिर्सेका थिए ।

 

एउटीले सहमति दिदैँ, ” हो तनि, मनमा चिसो पस्यो । त्यो कहाली लाग्दो दिन, त्यो घटना, एकैछिनमा तहसनहस, भौतिक अनि मानवीय क्षति अथाह भयो ।” उसले विगत कोट्याइ

 

अर्कीले गहिरो भावमा भनी, “त्यहीँ त, हामी त्यो दिन समूहका दिदीबहिनी भएर मन्दिरको सत्तल निर्माणका लागि खोलामा ढुङ्गा टिप्दै थियौँ । एक्कासी ! भूकम्प गयो, रूखहरू हल्लिए तर कसैले मेसो पाएनन् । लौ के भयो ? भन्दै थिए ।” उसले आफ्नो अतित सम्झदै बोली ।

 

फेरि थपी, “म बाटोमा निस्किएँ, माथी हेरें । पोलका तारहरू एक छेउदेखि अर्को छेउसम्म मच्चिएका थिए । स्वाँको आवाज जोडले आएको थियो । अनुमान लगाएँ  अनि भनेँ,  लौ ! भुइँचालो गएछ  भन्दै बिच बाटोमा बसेँ । कराएँ, सबैजना सुरक्षित रहनु र बाटोमा निस्कनु ।” उसले थाकेको स्वरमा भनी

 

एउटीले उत्सुकता जनाइ र सोधी, “केही त भएन अनि बाटोमा आए त सबै, ढुङ्गा ल्यायौँ त ?” उसले मुहारमा नजर दौडाउँदै प्रश्न सोझ्याइ ।

 

अर्कीले सकसकी मेटाउँदै, ” अह ! केही भएन, कहाँको ल्याउनु ? त्यतिखेर त सामान्य लाग्यो नि ! जब घरमा आएर समाचार सुनियो, क्षति सुन्दा अनि बल्ल डर पो लाग्यो ।” उसले सर्सती बताइ ।

 

एउटीले विवेकशील हुँदै बोली, ”  वैशाख बाह्र शनिबारको दिन इतिहास कै कालो दिन, बरू शत्रु लागोस् तर दैव नलागोस् भन्थे हो रहेछ, कस्ले के गर्न सक्यो र खै ?” ऊ गहन सोचमा परी ।

 

 

 

 

 

 

 

 

 

 

civil hospital
Hams Hospitals