बालेनद्वारा मन्त्रिपरिषद् पुनर्गठन, सुधन गुरुङ गृह र महावीर पुन नवप्रवर्तनमन्त्री नियुक्त
वि.सं.२०८३ जेठ २६ मंगलवार
2.6K
shares
shares
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले मन्त्रिपरिषद् पुनर्गठन गर्दै दुई जना नयाँ मन्त्री नियुक्त गरेका छन्। रिक्त रहेको गृह मन्त्रालयको जिम्मेवारी सुधन गुरुङलाई दिइएको छ भने विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको नेतृत्व महावीर पुनले सम्हाल्ने भएका छन्।
दुई मन्त्रीको नियुक्तिसँगै मन्त्रिपरिषद्को वरीयताक्रममा समेत हेरफेर गरिएको छ। गृहमन्त्री गुरुङलाई पाँचौँ वरीयतामा राखिएको छ। यसअघि २७ दिनसम्म गृह मन्त्रालयको नेतृत्व गर्दा पनि उनी सोही वरीयतामा थिए।
यस्तै, नवनियुक्त विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनलाई मन्त्रिपरिषद्को आठौँ वरीयतामा स्थान दिइएको छ। दुई मन्त्री थपिएसँगै प्रधानमन्त्री शाहले मन्त्रिपरिषद्को संरचनालाई पूर्णता दिने प्रयास गरेका छन्।





























