प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
वि.सं.२०८३ जेठ २८ बिहीवार
222
shares
shares
काठमाडौं । प्रतिनिधिसभाको बैठक आज (बिहीबार) बस्दै छ । बैठक बिहान ११ बजे सिंहदरबारमा बस्ने भएको हो ।
आजको बैठकमा राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफल जारी रहनेछ ।
बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले छलफलका क्रममा बजेटमाथि उठेका प्रश्नहरूको जवाफ दिने कार्यसूची छ ।
अर्थमन्त्री वाग्लेले विनियोजन विधेयक, २०८३ र राष्ट्र ऋण उठाउने विधेयक, २०८३ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।
बैठकमा अर्थमन्त्री वाग्लेले नेपाल राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयक, २०८३ प्रस्तुत गर्ने कार्यसूची छ ।



























