६० हजार रुपैयाँसहित नापी कार्यालय चाबहिलका अमिन अख्तियारको फन्दामा

246
shares

काठमाडौं । जग्गासम्बन्धी प्रशासनिक प्रक्रिया मिलाइदिने भन्दै सेवाग्राहीसँग खुलेआम घुस माग्ने नापी कार्यालय चाबहिलका एक कर्मचारी अख्तियार दुरुपयोग अनुसन्धान आयोगको फन्दामा परेका छन्।

अख्तियारका अनुसार चाबहिलस्थित २ नम्बर नापी टोलीमा कार्यरत अमिन टोपजङ खत्री ले जग्गाको हालसाविक प्रक्रिया मिलाइ जग्गाधनी प्रमाणपुर्जा तयार गरिदिने नाममा सेवाग्राहीसँग रकम माग गरेको भन्ने उजुरीपछि निगरानी तथा अनुसन्धान अघि बढाइएको थियो।

उजुरीलाई आधार बनाएर टंगालस्थित अख्तियार कार्यालयबाट खटिएको टोलीले खत्रीलाई सेवाग्राहीबाट ६० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा रंगेहात पक्राउ गरेको जनाएको छ।

आयोगका अनुसार उनलाई मंगलबार काठमाडौं महानगर क्षेत्रअन्तर्गत गोकर्णेश्वर नगरपालिका–४ माकालवारीस्थित नापी कार्यालय परिसरबाट घुस रकमसहित नियन्त्रणमा लिइएको हो।

जग्गाको कामलाई ‘कमाइको माध्यम’ बनाउँदै सेवाग्राहीमाथि आर्थिक दबाब सिर्जना गर्ने प्रवृत्तिमाथि अख्तियारले कडा प्रहार गरेको भन्दै घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ।

civil hospital
Hams Hospitals