नदीजन्य पदार्थको ठेक्कामा भ्रष्टाचार ! तत्कालीन अध्यक्षसहित चार जनाविरुद्ध अख्तियारको मुद्दा

15K
shares
Nabil bank

काठमाडौँ । डोटीको बडीकेदार गाउँपालिकामा नदीजन्य पदार्थ उत्खननको ठेक्का प्रक्रियामा व्यापक अनियमितता भएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन अध्यक्ष कृष्णबहादुर चन्दसहित चार पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

आयोगले तत्कालीन अध्यक्ष कृष्णबहादुर चन्द, उपाध्यक्ष इन्द्राकुमारी बोहरा, निमित्त प्रमुख प्रशासकीय अधिकृत दीपकराज जैशी र लेखापाल युवराज भट्टलाई प्रतिवादी बनाउँदै विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरेको हो।

अख्तियारको अनुसन्धानअनुसार आर्थिक वर्ष २०७७/७८ मा ठूलीगाड र कापडीगाड क्षेत्रबाट ढुंगा, गिट्टी तथा बालुवा उत्खननसम्बन्धी ठेक्का व्यवस्थापन गर्दा वातावरणीय अध्ययन प्रतिवेदनले तोकेको क्षमता र सम्भावित राजस्वलाई बेवास्ता गर्दै प्रक्रिया अघि बढाइएको थियो। प्रतिस्पर्धा सीमित हुने गरी सूचना प्रकाशन गरी अस्वाभाविक रूपमा घटाइएको रकममा ठेक्का सम्झौता गरिएको आयोगको निष्कर्ष छ।

यसबाट गाउँपालिकाले प्राप्त गर्नुपर्ने राजस्व तथा मूल्य अभिवृद्धि कर (भ्याट) सहित १४ लाख १० हजार २४० रुपैयाँ राज्यकोषमा नपुगेको अख्तियारले जनाएको छ।

उक्त रकम बराबर बिगो कायम गर्दै चारै जनाविरुद्ध भ्रष्टाचार निवारण ऐनअनुसार कैद, जरिवाना तथा बिगो असुलउपरको माग गरिएको छ। यस प्रकरणमा संलग्न अन्य कर्मचारी तथा ठेक्का लिने पक्षमाथि पनि कानुनी कारबाही अघि बढाइएको आयोगले जनाएको छ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x