लघुकथा : आलेख

213
shares

 

 

“बिहानको सात बज्यो तर चिया दिने अत्तोपत्तो छैन ” घडी हेर्दै बुढाले हकारे |

 

उनी भन्दै थिए, “पहिला पहिलाकाले पानी पधेँरो, भैँसी भकारो, दैलो चुलो सबै सकेर काममा निस्कन्थे तर अहिले घरको सरसफाइ पनि भ्याउँदैनन् |” उनले विगत कोट्याए

 

पख्नोस् न , ” यति सकेर बनाइहाल्छु !” उनी भने आफ्नै काममा व्यस्त थिइन् ।

 

” के के नै लछारपाटो लाउलान् जस्तो ? जत्तिखेर नि घोप्टिएर लेखेको लेख्यै , तात्तो न छारो , कुवाको भ्यागुतो जति उफ्रिएनि कुवाको कुवै हो । ” चिढिएको भावमा उनले थपे

 

 

“आफै पकाएर नि पिउन सकिन्छ, त्यति चिया त । मेरो काम छ , थालेको काम सकेर बनाउछु त भनेकै छु नि ।” झिझ्झिएको स्वरमा उनी बोलिन्

 

 

टि. भी. बन्द गरे, “नमच्चिने पिङको सय झट्का भन्दै पत्रिका हेर्न थाले ,   असार मास कहाँ कहाँ के के भएछ ?” उनले नजर घुमाउदै थिए

 

 

श्रीमतीकै आलेखमा नजर पर्यो । सररर पढे , पुलकित हुँदै आफैं भान्सामा छिरे चिया बनाएर बुढीको टेबलमा राखे ।

 

अचम्म पर्दै उनले मुखमा हेरिन् । हैन के भयो, सन्चो भएन कि क्याहो , रिसाएर पो हो कि । अनेक प्रश्न खेलाउदै उनको भावमुहार पढ्दै सोधिन् ,  “के भयो, सबै ठिकै त छ नि ।”

 

पत्रिका देखाउदै उनले भने , “घरकी मुर्गी दाल बराबर भन्थे  हो रछ, मैले नि कहाँ महत्त्व बुझेको रहेछु त ?” उनी धाकिलो स्वरमा बोलेल

civil hospital
Hams Hospitals