नेदरल्याण्ड्स समूह ‘एफ’को शीर्षस्थानमा, ट्युनिसिया बाहिरियो

147
shares

 

काठमाडौं । विश्वकपको समूह चरणको अन्तिम खेलमा ट्युनिसियालाई हराउँदै नेदरल्याण्ड्स समूह ‘एफ’ को विजेता बनेको छ ।

नेदरल्याण्ड्सले ट्युनिसियालाई ३–१ ले पराजित गरेको हो । खेलको तेस्रो मिनेटमा ट्युनिसियाका एलिस स्किरीले आत्मघाति गोल गर्दा नेदरल्याण्ड्सले अग्रता लियो । सातौँ मिनेटमा ब्रायन ब्रोबेको गोलमा नेदरल्याण्ड्स २–० को स्थितिमा पुग्यो ।

समूह चरणका खेलमा नेदरल्याण्ड्सले जापानसँग बराबरी खेल्दै १ र स्वीडेनसँग ५–१ अन्तरले विजयी हुँदै तीन अंक बुटलेको थियो । ट्युनिसियासँगको जितबाट तीन अंक प्राप्त गरेसँगै तालिकामा नेदरल्याण्ड्सको अंक सात पुगेको छ ।

यता, जापान र स्वीडेनबीचको खेल बराबरीमा टुंगिएको छ । उनीहरूबीचको खेल १–१ को बराबरीमा टुंगिएको हो । जापानका लागि डाइजेन माएडाले ५५ औँ मिनेटमा गोल गरेका थिए । स्वीडेनका एन्थोनी एलेग्नाले ६१ औँ मिनेटमा गोल फर्काउँदै खेललाई बराबरीमा ल्याएका थिए ।

जापानले यसअघि नेदरल्याण्ड्ससँगको खेल बराबरीमा टुंग्याएको थियो भने ट्युनिसियालाई ४–० ले पराजित गरेको थियो । स्वीडेनले समूह चरणको पहिलो खेलमा ट्युनिसियालाई ५–१ ले हराएको थियो भने नेदरल्याण्ड्ससँग ५–१ ले पराजित भएको थियो ।

तालिकामा जापान दोस्रो र स्वीडेन तेस्रो स्थानमा रहेका छन् । समूह चरणका सबै खेलमा पराजित भएको ट्युनिसिया भने विश्वकपबाट बाहिरिन पुगेको छ ।

civil hospital
Hams Hospitals