आजको मौसम : यी प्रदेशमा भारी वर्षा हुने सम्भावना

288
shares

 

काठमाडौं । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भूभाग, गण्डकी प्रदेशको केही भूभाग र लुम्बिनी प्रदेशको पूर्वी भूभागको थोरै स्थानमा मनसुनी वायूको प्रभाव रहेको छ । अन्य भूभागमा पश्चिमी वायू र स्थानीय वायूको आंशिक प्रभाव रहेको छ । साथै गण्डकी र लुम्बिनी प्रदेशको बाँकी भूभाग, कर्णाली र सुदुरपश्चिम प्रदेशका सम्पूर्ण भूभागमा भोलीसम्म मनसुन बिस्तार हुने सम्भावना छ ।

 

हाल लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशमा अधिकांश बादल लागेको छ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा साधारणतया बादल लागेको छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशको तराई भूभागमा आंशिक बादल लागेको छ। लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका थोरै स्थानमा तथा कोशी र बागमती प्रदेशको एकरदुई स्थानमा मेघगर्जनरचट्याङ्ग सहित मध्यमसम्मको वर्षा भईरहेको छ ।

 

आज दिउँसो देशभर पूर्णतया बादल लाग्नेछ। देशको हिमाली भूभागको केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ । देशका पहाडी भूभागका धेरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्म वर्षा र हिमपातको तथा तराई भूभागका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एकरदुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ । कोशी प्रदेशको तराई र मधेश प्रदेशको केही स्थानमा हावाहुरीको पनि सम्भावना रहेको छ।

 

आज राति देशभर पूर्णतया बादल लाग्नेछ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको हिमाली भूभागको केही स्थानमा तथा कर्णाली सुदुरपश्चिम प्रदेशको हिमाली भूभागको थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षा रहिमपातको सम्भावना छ । देशको पहाडी भूभागको केही स्थानमा र देशको तराई भूभागको थोरै स्थानमा मेघगर्जन रचट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना छ । मधेश प्रदेश तथा कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभाग एक र दुई स्थानमा पनि भारी वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई र मधेश प्रदेशको केही स्थानमा हावाहुरीको पनि सम्भावना रहेको छ ।

civil hospital
Hams Hospitals