राहदानी विभागमा लाइन मिच्न प्रहरीलाई रकम ? सेवाग्राही भन्छन्– ‘पाँच सय दिएर अगाडि पुगेँ’

342
shares

काठमाडौं । राहदानी विभागमा राहदानी बनाउन आउने सेवाग्राहीको भीड बढेसँगै लाइन व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको छ। विशेषगरी एपीएस परीक्षामा सहभागी हुन राहदानी अनिवार्य गरिएपछि राहदानी बनाउन आउने युवाको संख्या बढेको बताइएको छ।

विभाग परिसरमा बिहानैदेखि सेवाग्राहीको लामो लाइन लाग्ने गरेको छ। कतिपय सेवाग्राही बिहान ४ बजेदेखि नै लाइनमा बस्ने गरेका छन्। तर, बिहान सुरु भएको लाइन बेलुका ७ बजेसम्म पनि उस्तै देखिने गरेको सेवाग्राहीको गुनासो छ।

भीड व्यवस्थापनका लागि विभागका कर्मचारीहरू बिहान ९ बजेदेखि बेलुका ८ बजेसम्म सेवामा खटिने गरेका छन्। लामो समयसम्म सेवा प्रवाह भइरहे पनि सेवाग्राहीको चाप भने कम हुन सकेको छैन।

यही भीड र लामो लाइनको फाइदा उठाउँदै विभाग परिसरमा खटिएका केही प्रहरीले रकम लिएर सेवाग्राहीलाई लाइनको अगाडि पुर्‍याउने गरेको आरोपसमेत उठेको छ। सेवाग्राहीका अनुसार लाइन मिचाइदिने भन्दै पाँच सयदेखि १५ सय रुपैयाँसम्म माग्ने गरिएको छ।

‘लाइन धेरै लामो हुन्छ, म अगाडि लगिदिन्छु भन्दै एक जना प्रहरी आए। उनले पाँच सय रुपैयाँ मागे। मैले पैसा दिएँ र लाइनको अगाडि पुगेँ,’ सिर्जना नाम बताउने एक सेवाग्राहीले केही दिनअघि आफ्नो अनुभव सुनाइन्।

 

उक्त विषयमा हामिले विभागका प्रवक्ता/ निर्देशक दिपक बञ्लाजाडेलाई 984-1631555 यस विषयमा बुझ्न खोज्दा र बारम्बार कल गर्दा सम्पर्कमा समेत आउन चाहेनन्।

राजधानी विभागको वेवसाइट भने विगत लगभग ९० दिन देखि चलेको समेत छैन।

यो पनि पढ्नुहोस् छुटाउनु भयो की:

राति आठ बजेसम्म पनि राहदानी विभागमा सेवा, सेवाग्राहीको भीड

 

civil hospital
Hams Hospitals