प्रधानमन्त्री बालेन शाह शीतल निवासमा, राष्ट्रपति पौडेलसँग समसामयिक विषयमा छलफल

645
shares

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ताका लागि शीतल निवास पुगेका छन्।

मधेशमा पछिल्लो समय विकसित भइरहेका घटनाक्रमबारे देशवासीका नाममा सम्बोधन गरेलगत्तै प्रधानमन्त्री शाह शीतल निवास पुगेका हुन्।

प्रधानमन्त्री शाह र राष्ट्रपति पौडेलबीच पछिल्ला राजनीतिक घटनाक्रम, मुलुकको समसामयिक अवस्था तथा मधेशमा देखिएका गतिविधिका विषयमा छलफल हुने बताइएको छ।

राष्ट्रपति कार्यालय स्रोतका अनुसार प्रधानमन्त्रीले राष्ट्रपतिलाई पछिल्लो अवस्थाबारे जानकारी गराउने र आवश्यक परामर्श लिने उद्देश्यले भेट गर्न लागेका हुन्।

मधेश क्षेत्रमा पछिल्लो समय देखिएका राजनीतिक तथा सामाजिक गतिविधिपछि सरकारले त्यसबारे चासो बढाएको छ। प्रधानमन्त्री शाहले आफ्नो सम्बोधनमार्फत सरकारको धारणा सार्वजनिक गर्दै शान्ति, स्थिरता र संवादमार्फत समस्याको समाधान खोजिने बताएका थिए।

प्रधानमन्त्री र राष्ट्रपतिबीचको भेटलाई पछिल्लो राजनीतिक परिस्थितिका सन्दर्भमा महत्वपूर्ण रूपमा हेरिएको छ।

थप विवरण आउन बाँकी छ।

civil hospital
Hams Hospitals