सिटिजन लाइफद्वारा ‘सिटिजन लिडर्स नाइट २०२६’ भव्य रूपमा सम्पन्न, ‘Version Next’ आई–सोलुसन प्रणालीको शुभारम्भ

138
shares

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना उत्कृष्ट सिटिजन लिडर तथा शाखाहरूको सम्मानमा आयोजना गरेको ‘सिटिजन लिडर्स नाइट २०२६’ कार्यक्रम २०८३ साउन १६ गते (१ अगस्ट २०२६) काठमाडौंको रोयल टुलिप होटल, ग्वार्कोमा भव्य रूपमा सम्पन्न गरेको छ।

एक हजारभन्दा बढी सहभागीहरूको उपस्थितिमा सम्पन्न कार्यक्रममा देशभरबाट उत्कृष्ट कार्यसम्पादन गर्दै विभिन्न विधामा छनोट भएका सिटिजन लिडर, एजेन्सी म्यानेजर, अभिकर्ता, कर्मचारी तथा विशिष्ट अतिथिहरूको सहभागिता रहेको थियो। कार्यक्रम सम्मान, प्रेरणा, नवप्रवर्तन र सफलताको भावनाले भरिएको वातावरणमा सम्पन्न भएको कम्पनीले जनाएको छ।

कार्यक्रमको औपचारिक उद्घाटन कम्पनीको नयाँ आई–सोलुसन प्रणाली ‘Version Next’ को शुभारम्भसँगै गरिएको थियो। कम्पनीका अध्यक्ष प्रदीपजंग पाण्डे, सञ्चालक समितिका सदस्यहरू तथा व्यवस्थापन टोलीले संयुक्त रूपमा उक्त प्रणालीको उद्घाटन गर्दै कम्पनीको डिजिटल रूपान्तरणतर्फको नयाँ यात्राको सुरुआत भएको घोषणा गरेका थिए।

कम्पनीका अनुसार आधुनिक प्रविधिमा आधारित ‘Version Next’ प्रणालीले सेवा प्रवाहलाई अझ प्रभावकारी, छरितो, सुरक्षित तथा ग्राहकमैत्री बनाउने अपेक्षा गरिएको छ। साथै कम्पनीले प्रविधिमैत्री, नवप्रवर्तनमुखी तथा भविष्य उन्मुख संस्थाको रूपमा आफ्नो प्रतिबद्धतालाई पुनः दोहोर्‍याएको जनाएको छ।

कार्यक्रमको विशेष आकर्षणका रूपमा ह्युमानोइड रोबोट तथा रोबोटिक डगको प्रस्तुति राखिएको थियो। ह्युमानोइड रोबोटले प्रेरणादायी तथा सूचनामूलक हास्यरस मिश्रित सम्बोधन प्रस्तुत गर्दै सहभागीहरूको ध्यान आकर्षित गरेको थियो। आधुनिक प्रविधिलाई कार्यक्रमसँग जोड्ने कम्पनीको प्रयास सहभागीहरूले सकारात्मक रूपमा लिएको जनाइएको छ।

हास्य कलाकार सुन्दर खनालको प्रस्तुति तथा कम्पनीका ब्राण्ड एम्बेसडर हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठको विशेष उपस्थितिले कार्यक्रमलाई थप आकर्षक बनाएको थियो। उहाँहरूको मनोरञ्जनात्मक प्रस्तुतिले सहभागीहरूलाई भरपुर मनोरञ्जन प्रदान गरेको कम्पनीले जनाएको छ।

कार्यक्रममा कम्पनीका अध्यक्ष प्रदीपजंग पाण्डे, सञ्चालक महेश स्वर, प्रमुख कार्यकारी अधिकृत (CEO) पोषक राज पौडेल तथा प्रमुख बजार अधिकृत (CMO) भूषण रिमालले सम्बोधन गर्दै कम्पनीको भावी रणनीति, बीमा व्यवसायको सम्भावना, नेतृत्व विकास तथा उत्कृष्ट कार्यसम्पादनलाई निरन्तरता दिन सबैलाई प्रेरित गरेका थिए।

उहाँहरूले सिटिजन लाइफलाई अझ सशक्त, दिगो र परिणाममुखी संस्थाका रूपमा अघि बढाउन सम्पूर्ण सिटिजन लिडर तथा कर्मचारीलाई एकताबद्ध भएर काम गर्न आग्रह गरेका थिए।

कार्यक्रमका क्रममा विभिन्न विधामा उत्कृष्ट उपलब्धि हासिल गर्ने ७८० जना सिटिजन लिडर, एजेन्सी म्यानेजर, अभिकर्ता तथा शाखाहरूलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो।

पुरस्कार वितरण अन्तर्गत:

  • बुटवल शाखाले प्रथम बीमा शुल्क संकलनतर्फ देशकै उत्कृष्ट शाखाको उपाधि प्राप्त गर्यो।
  • भेषराज भट्टराई उत्कृष्ट स्टार एजेन्सी म्यानेजर घोषित हुँदै बीमा शुल्क संकलनका आधारमा प्रथम स्थान हासिल गर्नुभयो।
  • नितेश श्रेष्ठ प्रथम बीमा शुल्क संकलनका आधारमा उत्कृष्ट Citizen Leader घोषित हुनुभयो।
  • गीता पौडेल सर्वाधिक बीमालेख (Policy Count) जारी गर्ने अभिकर्ताका रूपमा प्रथम स्थान हासिल गर्नुभयो।
  • दिलबहादुर धामी सर्वाधिक अभिकर्ता भर्ती (Highest Agent Recruitment) तर्फ प्रथम हुनुभयो।

यस अवसरमा विभिन्न सांगीतिक तथा नृत्य प्रस्तुतिहरूले कार्यक्रमलाई थप रौनक बनाएका थिए। सहभागीहरूले सम्मान, मनोरञ्जन, प्रेरणा र प्रविधिको अद्वितीय संयोजन अनुभव गरेको कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार उच्चस्तरीय व्यवस्थापन, अनुशासित सञ्चालन तथा आकर्षक प्रस्तुतीकरणका कारण कार्यक्रममा सहभागीहरूबाट अत्यन्त सकारात्मक प्रतिक्रिया प्राप्त भएको थियो।

सिटिजन लाइफले यस्ता सम्मान कार्यक्रममार्फत उत्कृष्ट कार्यसम्पादन गर्ने सिटिजन लिडरहरूलाई थप प्रेरित गर्दै बीमा सेवाको पहुँच विस्तार, गुणस्तरीय सेवा प्रवाह तथा संस्थागत उत्कृष्टतालाई निरन्तर अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ।

civil hospital
Hams Hospitals