२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ९३९ जनालाई कारबाही
वि.सं.२०८३ साउन १९ मंगलवार
261
shares
shares
काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ९३९ सयवटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ ।
मंगलबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ (मापसे) सेवन गरी सवारी चलाउने ४१, सिसिटिभिमार्फत ४३, रातोबत्तीमा ५३ जना चालकलाई कारबाही गरिएको छ ।
यसैगरी, तीव्रगतिमा ८७, हर्न निषेधमा १८, लेन क्रसमा ३४, अवस्था ठिक नभएको २८, एकतर्फीमा २८ र अन्यमा ६०७ जना चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।





























