अमेरिकाको अन्तरिक्ष एजेन्सी नासाले पठाएको यान पर्सिवरेन्स रोवरले मंगलग्रहको पहिलो नमूना लिने तयारीमा

1.5K
shares

एजेन्सी । अमेरिकाको अन्तरिक्ष एजेन्सी नासाले पठाएको यान पर्सिवरेन्स रोवरले मंगलग्रहको पहिलो नमूना लिने तयारी गरेको छ ।

यसरी लिइएको नमूना ट्युबमा राखेर शिल गरिने छ र त्यो अन्ततः पृथ्वीमा ल्याइने छ । मंगलग्रहमा कुनै पनि बेला प्राणी वा कुनै पनि प्रकारको जीवन थियो–थिएन भन्ने जान्नका लागि सतहको नमूनाको अध्ययन सुविधा सम्पन्न प्रयोगशालामा हुनु पर्ने र त्यसले राम्रो जवाफ दिन सक्ने वैज्ञानिकहरुले बताएका छन् ।

पर्सिवरेन्स रोवर गएको फेब्रुअरीमा मंगल ग्रहमा अवतरण गरेको हो । स्याटेलाइट तस्बिरहरुमा देखिए अनुसार मंगलग्रहको सतहमा कुनै समय ताल रहेको जस्तो देखिन्छ।

त्यहाँबाट संकलन गरिने नमूनाले विगतमा कुनै प्रकारको प्राणी वा वनस्पति रहेको भए जिवाष्म मार्फत जानकारी दिन सक्ने वैज्ञानिकले बताएका छन् ।

पाँच महिनाअघि अवतरण गरेको स्थानबाट नासाको रोबर्टले झण्डै एक किलोमिटर यात्रा गरेको छ । अहिले सो रोबर्ट पेभर स्टोन्स भएको स्थानमा रोकिएको छ र त्यहिँबाट नमूना लिने छ ।

civil hospital
Hams Hospitals