२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो १ हजार २५४ जनालाई कारबाही
वि.सं.२०८३ भदौ ३ बुधवार
201
shares
shares
काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा १ हजार २५४ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ ।
बुधबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ (मापसे) सेवन गरी सवारी चलाउने ३३, सिसिटिभिमार्फत ७६, रातोबत्तीमा ५१ जना चालकलाई कारबाही गरिएको छ ।
यसैगरी, तीव्रगतिमा १४९, हर्न निषेधमा ४५, लेन क्रसमा ९६, अवस्था ठिक नभएको ३३, एकतर्फीमा १९ र अन्यमा ७५२ जना चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।




























