गोरखा फुजेलका १८ वर्षीय युवाको मोटरसाइकल दुर्घटनामा मृत्यु

7K
shares
Nabil bank

काठमाडौं । गोरखाको गण्डकी गाउँपालिका–४ फलाटेका १८ वर्षीय विकास श्रेष्ठको मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएको छ।

सोमबार साँझ काठमाडौंको बल्खु क्षेत्रमा भएको मोटरसाइकल दुर्घटनामा गम्भीर घाइते भएका श्रेष्ठलाई उपचारका लागि स्टार अस्पताल पुर्‍याइएको थियो। अस्पताल पुर्‍याएलगत्तै चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्।

श्रेष्ठसँगै मोटरसाइकलमा सवार उनकी श्रीमतीसमेत दुर्घटनामा घाइते भएकी छन्। उनको स्टार अस्पतालमा उपचार भइरहेको बताइएको छ।दुर्घटनाको कारणबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x