युवा उद्यमशीलता र समृद्धिस् सम्भावना, चुनौती र राज्यको नीति
वि.सं.२०८३ असोज ६ मंगलवार
shares
Photo By: Ai
राम्रो पढेर राम्रो जागिर खानुू भन्ने हाम्रो परम्परागत सामाजिक चिन्तनले युवाहरूलाई जीवनभर जागिर खोज्ने त बनायो, तर उद्यमशीलताको अभावमा आज त्यही जागिर खोज्नेहरूको लाम देशको सिमाना कट्न बाध्य छ। दिनहुँ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थान कक्षमा पासपोर्ट र सुटकेस समातेर उभिएका हजारौँ युवाहरूको अनुहार नियाल्ने हो भने एउटा नमीठो र तीतो सत्य छलङ्ग हुन्छ। नेपालले अहिले आफ्नो ऊर्जा, भविष्य र आर्थिक रूपान्तरणको मुख्य संवाहकलाई दैनिक रूपमा विदेशी भूमिमा निर्यात गरिरहेको छ।
राष्ट्रिय जनगणनाको तथ्याङ्कलाई हेर्दा कुल जनसंख्याको करिब ४० प्रतिशत हिस्सा युवाहरूले ओगटेका छन्। जनसाङ्ख्यिकीय लाभको यो यस्तो स्वर्णिम र अभूतपूर्व अवसर हो, जुन इतिहासमा विरलै आउँछ र सधैँ रहिरहँदैन। तर विडम्बना नै भन्नुपर्छ, उचित अवसर, आधुनिक प्रविधि र पर्याप्त पुँजीको अभावमा यो ऊर्जावान् जनशक्ति अरू नै देशको मरुभूमि ब्युँझाउन र विदेशी उद्योगको चक्का घुमाउन बाध्य पारिएको छ।
देशको अर्थतन्त्रलाई परनिर्भरता र विप्रेषणको परम्परागत वैशाखीबाट मुक्त गरी आत्मनिर्भरतातर्फ डोऱ्याउने हो भने अब हामीसँग उद्यमशीलताको व्यापक प्रवर्द्धनबाहेक अर्को कुनै अचुक मार्ग बाँकी छैन। आजको बदलिँदो राष्ट्रिय आवश्यकता जागिर खोज्नेहरूको ताँती होइन, बरु हजारौँका लागि जागिर सिर्जना गर्ने साहसी युवाहरूको हो। उद्यमशीलता केवल एउटा सानो व्यवसाय सुरु गर्नु मात्र होइन, यो त नवीन सोच, प्रविधिको कुशल आत्मसातीकरण र अपरिचित जोखिमहरूसँग खेल्ने साहसको सुन्दर सम्मिश्रण हो।
नेपाली युवाहरूमा सम्भावना र सिर्जनशीलताको कुनै कमी छैन, जसको प्रमाण स्वरूप कृषि, सूचना प्रविधि, पर्या(पर्यटन, नवीकरणीय ऊर्जा र हस्तकला जस्ता क्षेत्रमा भएका नवीन प्रयासहरूलाई लिन सकिन्छ। आधुनिक प्रविधि र ई(कमर्सको प्रयोग गरेर परम्परागत बजारको परिभाषा नै बदलिरहेका युवा उद्यमीहरूले देशभित्रै बसेर विश्व बजारमा सफ्टवेयर बेचिरहेका छन्। दुर्गम गाउँका पाखाहरूमा हाईटेक कृषि फार्म चलाएर बसेका युवाहरूले उचित वातावरण पाए नेपाली माटोमै सुन फलाउन सकिन्छ भन्ने तथ्यलाई व्यावहारिक रूपमै प्रमाणित गरिदिएका छन्।
ुब्रेन ड्रेनु बाट ुब्रेन गेनु तर्फस् रिटर्नी युवाहरूको सम्भावना
यसै उत्साहपूर्ण लहरका बीच पछिल्लो समय नेपाली उद्यमशीलताको आकाशमा एउटा निकै सुखद र प्रेरणादायी आयाम थपिएको छ। त्यो हो– विदेशी भूमिमा सिकेको उच्च ज्ञान, अत्याधुनिक सीप र प्रविधिलाई लिएर स्वदेश फर्किएका ुरिटर्नीु युवाहरूको सफलताको कथा। खाडीका मरुभूमिदेखि युरोप, अमेरिका र अस्ट्रेलियाका प्रतिष्ठित विश्वविद्यालय तथा कर्पोरेट हाउसहरूमा वर्षौँ बिताएका नेपाली युवाहरू आज ूआफ्नै माटोमा केही गर्नुपर्छू भन्ने दृढ संकल्पका साथ मातृभूमि फर्किएका छन्।
उदाहरणका लागि, इजरायलमा आधुनिक ुड्रिप इरिगेसनु र ग्रीनहाउस प्रविधि सिकेर फर्किएका युवाहरूले आज नेपालका विभिन्न जिल्लामा व्यावसायिक इजरायली प्रविधिको कृषि फार्म सञ्चालन गरी करोडौँको तरकारी तथा फलफूल आयातलाई प्रतिस्थापन गरिरहेका छन्। त्यस्तै, जापान र युरोपका आधुनिक रेस्टुरेन्ट तथा बेकरीहरूमा ुसेफु र म्यानेजरका रूपमा काम गरेका युवाहरूले नेपाल फर्केर अन्तर्राष्ट्रिय स्तरको हस्पिटालिटी व्यवसाय र मौलिक उत्पादनको ब्रान्डिङ गरिरहेका छन्।
अझ गर्वको कुरा त, अमेरिका र सिलिकन भ्यालीका ठूला प्रविधि कम्पनीमा काम गरेका ुआइटीु इन्जिनियरहरू नेपाल फर्किएर ुग्लोबलु प्रविधि स्टार्टअपहरू सुरु गरिरहेका छन्। उनीहरूले विदेशी डलर नेपाल भित्र्याउने मात्र होइन, देशभित्रै सयौँ प्रतिभाशाली युवाहरूलाई उच्च पारिश्रमिक सहितको रोजगारी प्रदान गरेर ब्रेन ड्रेनलाई ब्रेन गेनमा बदलिरहेका छन्। मलेसिया र खाडीमा रगत र पसिना बगाएर बचेको केही लाख पुँजी र त्यहाँको कडा मिहिनेत गर्ने बानीलाई उद्योगमा बदल्ने साना तथा मझौला उद्यमीहरूको सङ्ख्या पनि उत्तिकै छ। यी युवाहरू केवल व्यवसायी मात्र होइनन्, उनीहरू निराशाका बीच आशाका दियो हुन्, जसले नेपाली माटोमै सम्भावनाको स्वर्ण फलाउन सकिन्छ भन्ने जीवन्त उदाहरण प्रस्तुत गरेका छन्।
संरचनात्मक तगारो र युवाहरूको निराशा
यस उत्साहपूर्ण चित्रको अर्को पाटो भने निकै चुनौतीपूर्ण र निराशाजनक देखिन्छ। नेपालमा एउटा नयाँ र मौलिक सोच बोकेको युवा जब त्यसलाई व्यावसायिक रूप दिन तम्सिन्छ, तब उसले सम्भावनाको ढोका खुल्नुअगावै अनेकौँ बाधा र व्यवधानहरूको ठूलो पहाड सामना गर्नुपर्छ। यस मार्गको सबैभन्दा पहिलो र मुख्य तगारो वित्तीय पहुँचको चरम अभाव नै हो।
हाम्रा बैंक तथा वित्तीय संस्थाहरू अझैपनि नवप्रवर्तनलाई विश्वास गर्नुभन्दा परम्परागत धितोमुखी प्रणालीकै घेराभित्र रमाइरहेका छन्। युवाहरूको सिर्जनशील सोचलाई नै मुख्य धितो मानेर विनाधितो कर्जा वा आइडीया बेस्ड फाइनान्सिङ दिने कानुनी र व्यावहारिक अभ्यास अझैपनि एकादेशको कथा जस्तै बनेको छ। सहुलियतपूर्ण कर्जाका आकर्षक सरकारी कोषहरू प्रायः कागजी प्रक्रिया र पहुँचवालाहरूको साँघुरो घेरामै सीमित हुने गरेका छन्, जसले गर्दा वास्तविक प्रतिभाहरू सुरुआतमै पाखा लाग्ने गर्दछन्।
वित्तीय अभावसँगै जोडिएर आउने अर्को गम्भीर जटिलता हाम्रो प्रशासनिक र कानुनी प्रक्रियाको हो। व्यवसाय दर्ता गर्ने अड्डादेखि कर कार्यालयको दैलोसम्म पुग्दा व्यहोर्नुपर्ने झन्झटिलो र सुस्त ब्युरोक्रेसीले नयाँ उद्यम सुरु गर्नुअगावै युवाहरूको आधा ऊर्जा र उत्साह मारिदिन्छ। तीनवटै तहका सरकारका फरक(फरक नियम, दोहोरो करको नीति, र कर्मचारीतन्त्रको झन्झटिलो व्यवहारले नवोदित उद्यमीलाई हतोत्साही बनाउँछ। त्यसमाथि नीतिगत अस्थिरता र बजारमा व्याप्त बिचौलियाहरूको बिगबिगीले नवोदित उद्यमीहरूलाई सधैँ असुरक्षित र भयभीत महसुस गराउँछ।
राज्यको दायित्व र सुधारका उपायहरू
युवाहरूलाई स्वदेशमै उद्यम गर्ने सुरक्षित, दिगो र भरोसायोग्य वातावरण निर्माण गर्न अब राज्यले तदर्थवादी सोच त्यागेर युवा र नवप्रवर्तनमैत्री एकीकृत राष्ट्रिय नीति अंगीकार गर्नु अपरिहार्य भइसकेको छ। यसका लागि राज्यले तत्काल तीनवटा नीतिगत सुधार गर्नुपर्छस्
व्यवसाय सञ्चालनमा सरलीकरणस्
उद्यम सुरु गर्न चाहने युवाहरूका लागि कम्पनी दर्ता, स्थायी लेखा नम्बर, उद्योग विभागको स्वीकृति र स्थानीय तहको अनुमतिलाई एउटै डिजिटल पोर्टलमा समेटी क्रस(भेरिफिकेसन मार्फत २४ घण्टाभित्र अनलाइनबाटै इजाजत पत्र प्राप्त हुने कानुनी व्यवस्था गरिनुपर्छ। युवाहरूलाई विभिन्न सरकारी अड्डाहरू धाउनुपर्ने बाध्यताको अन्त्य गरी एकद्वार डिजिटल प्रणाली पूर्ण रूपमा लागू गरिनुपर्छ। यसका साथै, सुरुवाती तीन वर्षसम्म नयाँ स्टार्टअप र युवा उद्यमहरूलाई सबै प्रकारका प्रत्यक्ष कर, प्रशासनिक शुल्क र स्थानीय करमा पूर्ण छुट दिने ुट्याक्स होलिडेु नीति ल्याइनुपर्छ। यसले गर्दा पुँजी अभावका कारण सुरुवाती चरणमै मर्न लाग्ने व्यवसायहरूले श्वास फेर्न पाउनेछन्।
वित्तीय प्रणालीमा रूपान्तरण र परियोजना धितो कर्जास्
नेपाल राष्ट्र बैंकको मौद्रिक नीति मार्फत कुल कर्जा प्रवाहको निश्चित प्रतिशत अनिवार्य रूपमा विनाधितो युवा स्टार्टअप कर्जाका लागि छुट्याउनुपर्ने बाध्यात्मक व्यवस्था वाणिज्य बैंकहरूलाई गरिनुपर्छ। नवप्रवर्तनको प्राविधिक र व्यावसायिक मूल्याङ्कन गर्न विश्वविद्यालयका प्राज्ञ र उद्योग क्षेत्रका विज्ञहरू सम्मिलित एक स्वतन्त्र विज्ञ बोर्ड गठन गरिनुपर्छ। सोही बोर्डको सिफारिसमा परियोजना धितोका आधारमा सहुलियत दरमा ऋण प्रवाह गर्ने नीतिगत मार्गप्रशस्त गरिनुपर्छ। विदेशी तथा गैरआवासीय नेपालीहरूको पुँजी आकर्षित गर्न भेन्चर क्यापिटल, एन्जेल इन्भेस्टमेन्ट र क्राउड फन्डिङ सम्बन्धी कानुनी जटिलताहरू फुकाएर युवा उद्यमीहरूलाई विश्वव्यापी लगानी भित्र्याउन सहज नीति बनाइनुपर्छ।
बजार संरक्षण र पूर्वाधारको सुनिश्चिततास्
नेपाली युवाहरूले उत्पादन गरेका सामग्री र सेवाहरूले बहुराष्ट्रिय कम्पनीका सस्तो विदेशी उत्पादनसँग प्रतिस्पर्धा गर्न नसक्ने वातावरण अन्त्य गर्न राज्यले संरक्षणवादी बजार नीति लागू गर्नुपर्छ। सार्वजनिक खरिद ऐनमा संशोधन गरी सरकारी तथा सार्वजनिक निकायहरूमा कम्तीमा २० प्रतिशत स्वदेशी वस्तु तथा देशभित्रै निर्मित सफ्टवेयरको अनिवार्य खरिद गर्ने नियमलाई कडाइका साथ कार्यान्वयन गरिनुपर्छ। साथै, प्रत्येक स्थानीय तह र प्रदेशमा राज्यले सहुलियतपूर्ण दरमा व्यवसाय विकास केन्द्र र बिजनेस पार्कहरू निर्माण गरिदिनुपर्छ, जहाँ बिजुली, उच्च गतिको इन्टरनेट र कार्यस्थल जस्ता न्यूनतम पूर्वाधार युवाहरूले सस्तोमा वा निःशुल्क पाउन सकून्। विदेशबाट फर्केका युवाहरूको हकमा उनीहरूले भित्र्याएको सीप र प्रविधिलाई राष्ट्रिय गौरवको परियोजना सरह मान्यता दिई रिटर्नी उद्यमी विशेष सहुलियत ऐन मार्फत मेसिनरी सामान आयातमा भन्सार छुट र विशेष अनुदानको नीतिगत प्रबन्ध गरिनुपर्छ।
निष्कर्षस्
राज्यले केवल सीपमूलक तालिमका नाममा बजेट सिध्याउने कर्मकाण्डी परिपाटीलाई तत्काल बन्द गरेर प्रत्येक स्थानीय तहमा व्यावहारिक मेन्टरसिप केन्द्रहरू स्थापना गर्नुपर्छ। यस्ता केन्द्रहरूले युवाहरूलाई बजार सुहाउँदो व्यावहारिक ज्ञान, कानुनी सल्लाह र प्राविधिक सहयोग निरन्तर रूपमा उपलब्ध गराउन सक्नुपर्छ। युवा उद्यमीहरूले उत्पादन गरेका वस्तु र सेवाको न्यूनतम बजार सुनिश्चित गरिदिनु पनि राज्यकै परम दायित्व हो।
अन्त्यमा, युवा उद्यमशीलताको प्रवर्द्धन गर्नु भनेको कुनै दया, माया वा कल्याणकारी कार्यक्रम बाँड्नु होइन, यो त देशको सुन्दर भविष्य र समृद्धिका लागि गरिने सबैभन्दा सुरक्षित र उच्च प्रतिफल दिने लगानी हो। राजनीतिक दलहरूले युवाहरूलाई केवल राजनीतिक आन्दोलनका साधन र ुभोट बैंकु का रूपमा मात्र हेर्ने दृष्टिकोण बदल्नुपर्छ। जबसम्म राज्यले युवाहरूको नवीन सोच, असीमित ऊर्जा र क्षमतालाई देशभित्रै सुरक्षित, मर्यादित र सम्मानजनक भविष्यको ग्यारेन्टी गर्न सक्दैन, तबसम्म ुसमृद्ध नेपालु को सुन्दर नारा केवल चुनावी घोषणापत्रका पानाहरूमा मात्र सीमित रहिरहनेछ। अब सरकार, निजी क्षेत्र र नागरिक समाज सबै मिलेर युवाहरूलाई खाडी मुलुक पठाउने ताँतीबाट थुतेर उद्यमशीलताको विशाल मैदानमा उतार्न कम्मर कस्नुपर्छ। किनकि, जबसम्म देशका युवाहरू आर्थिक रूपमा आत्मनिर्भर बन्न सक्दैनन्, तबसम्म यो राष्ट्र कहिल्यै पनि स्वाधीन, सार्वभौम र आत्मनिर्भर बन्न सक्दैन भन्ने सत्यलाई सबैले आत्मसात् गर्नु आजको मुख्य आवश्यकता हो।
यादव घिमिरे
पूर्व निर्देशक, काठमाडौँ महानगरपालिका
हालस् कलंकी १४, काठमाडौँ
मोबाइलस् ९८४१३६९९२८































