नेपाल रेडक्रसमा एउटै व्यक्तिलाई दुई नियुक्तिपत्र, दुई कार्यालयमा जागिर  !

638
shares
Nabil bank

काठमाडौं ।नेपाल रेड्क्रसमा एउटै व्यक्तिलाई फरक–फरक मितिमा दुईवटा नियुक्तिपत्र दिएर दुई स्थानमा जिम्मेवारी तोकिएको खुलेको छ ।   दीपक घिमिरेलाई काठमाडौंस्थित केन्द्रीय कार्यालय र काभ्रेको बनेपा बुडोलस्थित कार्यालयमा छुट्टाछुट्टै नियुक्ति दिइएको पाइएको छ।

प्राप्त नियुक्तिपत्रअनुसार घिमिरेलाई पहिलोपटक २०८३ जेठ ८ गते काठमाडौंस्थित केन्द्रीय कार्यालयमा नियुक्त गरिएको थियो। त्यसपछि पुनः २०८३ असोज १८ गते बनेपाको बुडोलमा उपनिर्देशक, आठौँ तहमा नियुक्ति दिइएको देखिन्छ।

दुईवटा नियुक्तिपत्र जारी गर्ने काम संस्थाका महामन्त्री ऋषिरमण खनालले गरेका छन् । प्राप्त विवरणअनुसार दुवै नियुक्तिपत्रमा दीपक घिमिरे स्वयंले हस्ताक्षर गरेका छन् । महामन्त्री खनालले नै दुवै नियुक्तिपत्र दिएको र घिमिरेले पनि दुवै पत्र बुझेको देखिन्छ ।

संस्थाको विधानअनुसार पहिलेको नियुक्ति बदर नगरी अर्को नियुक्ति दिन नमिल्ने व्यवस्था रहेको छ ।

यस विषयमा दीपक घिमिरेले  आफूले एउटा मात्रै नियुक्तिपत्र पाएको दाबी गर्दै अर्को नियुक्तिपत्रबारे आफूलाई कुनै जानकारी नभएको बताए।

तर प्राप्त दुवै नियुक्तिपत्रमा घिमिरेकै हस्ताक्षर देखिएको छ। एउटै व्यक्तिले दुई नियुक्तिपत्र बुझेको विषयमा अनभिज्ञता जनाउनु र दुवै पत्रमा उनको हस्ताक्षर देखिनुले थप प्रश्न जन्माएको छ।

यो पनि पढ्नुहोस् हटाउनु भयो की: 

नेपाल रेडक्रसमा नक्कली हाजिरी बनाएर ४२ लाख झ्वाम्

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x