लगातार तेस्रो पटक एनपीएल फाइनलमा सुदूरपश्चिम, उपाधिका लागि फेरि लुम्बिनीसँग भिडन्त

116
shares
Nabil bank

काठमाडौं । चितवन राइनोजलाई तीन विकेटले पराजित गर्दै सुदूरपश्चिम रोयल्स लगातार तेस्रो सिजन नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनलमा प्रवेश गरेको छ। बिहीबार सम्पन्न दोस्रो क्वालिफायरमा चितवनलाई हराउँदै सुदूरपश्चिमले उपाधि भिडन्तमा लुम्बिनी लायन्ससँगको भेट पक्का गरेको हो।

एनपीएलको इतिहासमा लगातार तीन पटक फाइनल पुग्ने सुदूरपश्चिम पहिलो तथा एक्लो टोली बनेको छ। अब सुदूरपश्चिमले शनिबार हुने फाइनलमा उपाधिका लागि लुम्बिनी लायन्ससँग प्रतिस्पर्धा गर्नेछ।

संयोगवश, यसपटक पनि फाइनलमा गत सिजनकै दुई टोली आमनेसामने हुँदैछन्। लुम्बिनी र सुदूरपश्चिम लगातार दोस्रो पटक उपाधिका लागि भिड्न लागेका हुन्।

तर, सुदूरपश्चिमका लागि लुम्बिनी चुनौतीपूर्ण प्रतिद्वन्द्वी बन्दै आएको छ। जारी प्रतियोगिताको पहिलो क्वालिफायरमा सुदूरपश्चिम लुम्बिनीसँग ६ विकेटले पराजित भएको थियो। लिग चरणको पहिलो खेलमा पनि लुम्बिनीले सुदूरपश्चिमलाई सात विकेटले हराएको थियो।

त्यति मात्र होइन, गत सिजनको फाइनलमा समेत लुम्बिनीले सुदूरपश्चिमलाई ६ विकेटले पराजित गर्दै उपाधि जितेको थियो। यसरी जारी सिजनमा दुई पटक र गत सिजनको फाइनलमा समेत हार बेहोरेको सुदूरपश्चिमका लागि शनिबारको भिडन्त बदला लिने अवसरसमेत हुनेछ।

अर्कोतर्फ, पहिलो पटक क्वालिफायरमा स्थान बनाएको चितवन राइनोज भने दोस्रो क्वालिफायरमा पराजित भएसँगै उपाधि दौडबाट बाहिरिएको छ। अब सबैको ध्यान सुदूरपश्चिमले लगातार तेस्रो पटक फाइनल खेलेर पहिलो उपाधि जित्न सक्छ वा लुम्बिनीले आफ्नो उपाधि रक्षा गर्छ भन्नेमा केन्द्रित भएको छ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x