श्रीमतीको कुर्सीमा पुगे श्रीमान्
वि.सं.२०८३ मंसिर ४ शुक्रवार
shares
काभ्रे ।नेपाल सरकारका शिक्षा प्रशासन सेवाका दुई उपसचिवबीच काभ्रे जिल्ला शिक्षा विकास तथा समन्वय इकाइमा देखिएको एउटा संयोग बनेको छ।
काभ्रे जिल्ला शिक्षा विकास तथा समन्वय प्रमुखको जिम्मेवारीमा रहेकी उपसचिव सबिता (दंगाल) गौतमलाई बिदाइ गरिँदै गर्दा मन्त्रालयले उनका श्रीमान् उपसचिव गेहनाथ गौतमलाई सोही कार्यालयमा सरुवा गरेर पठायो।
अझ रोचक दृश्य त त्यतिबेला देखियो, जब एउटै कार्यालय, एउटै कुर्सी र एउटै दिन श्रीमतीले श्रीमान्लाई खादा-माला लगाएर स्वागत गरिन् भने श्रीमान्ले श्रीमतीलाई खादा ओढाएर बिदाइ गरे।
कार्यालयका कर्मचारीका लागि पनि यो दृश्य निकै भावुक र स्मरणीय बन्यो ।
घरमा जीवनसाथी, कार्यालयमा जिम्मेवारीका उत्तराधिकारी ! श्रीमतीको जिम्मेवारी सम्हाल्न श्रीमान् आइपुगेपछि सरुवाको एउटा सामान्य प्रशासनिक निर्णय पनि सुन्दर पारिवारिक संयोगमा परिणत भयो।































