मदन पुरस्कारका लागि ९ वटा पुस्तक अन्तिम छनाेटमा

1.2K
shares

काठमाडौँ। २०७७ को मदन पुरस्कारका लागि ९ वटा पुस्तक अन्तिम छनाेटमा परेका छन्। शुक्रबार मदन पुरस्कार गुठीले मदन पुरस्कारको लागि मनोनयनमा परेका पुस्तकको नाम सार्वजनिक गरेको हो।

जसमा प्राप्त भएका २२२ वटा पुस्तकबाट ९ वटा छनौटमा परेको मदन पुरस्कार गुठीले जनाएको छ।

छानिएका पुस्तकमा गिरि श्रीस मगरको ‘एकलब्यको देब्रे हात’, कृष्ण अविरलको ‘करिया’, कुमार नगरकोटीको ‘कल्पग्रन्थ’, भैरवबहादुर थापाको ‘नृत्याक्षर विज्ञान’, प्रभा बरालको ‘फिलिङ्गो’, लेखनाथ क्षेत्रीको ‘फुलाङ्गे’, केशव दाहालको ‘मोक्षभूमि’, जेसन कुँवरको ‘रमिते’ र भगिराज इङ्नामको ‘लिम्बुवानको ऐतिहासिक दस्तावेज संग्रह’ रहेका छन्।

यी छनाेटमा परेका पुस्तकमध्येबाट एकलाई मदन पुरस्कार प्रदान गरिने छ।

civil hospital
Hams Hospitals