सिनेमा हल नखुलेपछि डिजिटल प्लेटफर्म रोजे निर्माताले

1.1K
shares

काठमाडौं । कोरोनाको महामारीका कारण विगत चार महिनादेखि सिनेमा हल बन्द छ । अहिले दुई दर्जनभन्दा बढी नयाँ नेपाली चलचित्र हल नखुलेकै कारण रिलिज हुन सकेका छैनन् ।

फिल्म हल कहिले खुल्ने भन्ने टुंगो हुन नसकेपछि नेपाली चलचित्रका निर्माताले आफ्नो फिल्मलाई डिजिटल प्लेटर्फम र डिसहोमको सशुल्क च्यानलबाट रिलिज गर्न थालेका छन् ।

यसैक्रममा शुक्रबार नयाँ फिल्म ‘लभ सर्कल’ पनि डिजिटल प्लेटफर्मबाट रिलिज भएको छ । नहुनु मामा भन्दै कानो मामा निको भन्दै डिजिटल प्लेटफर्म र डिस होमको सशुल्क च्यानलबाट केही रकम आउने भएपछि यो चलचित्रलाई आफूहरूले शुक्रबार रिलिज गरिएको यसको निर्माण पक्षले जनाएको छ ।

यसअघि नेपालमा सलमान खानको फिल्म राधेलाई डिजिटल प्लेटफर्मबाट रिलिज गरिएको थियो । सो फिल्मले राम्रो पैसा नेपालमा संकलन गरेको थियो । यस्तै कोरोनाका कारण सिनेमा हल नखुलेपछि रेखा थापा र सविन श्रेष्ठ अभिनित चलचित्र हिरो रिर्टनलाई पनि डिजिटल प्लेटफर्म र डिस होमको सशुल्क च्यानलबाट रिलिज गरिएको थियो । यो फिल्मले अहिलेको अवस्थामा निर्मातालाई थोरै भए पनि आर्थिक राहत दिएको थियो । सोहीक्रममा नेपाली चलचित्र कोपिला पनिलाई पनि डिस होम र डिजिटल प्लेटफर्मबाट दर्शकबीच ल्याइएको थियो । अहिले भने चलचित्र लभ सर्कललाई डिस होम र डिजिटल प्लेटफर्मबाट दर्शकमाझ ल्याइएको हो ।

वसन्त निरौलाको निर्देशनमा यो चलचित्र तयार भएको हो । चलचित्र कमेडी र सस्पेन्स थ्रिलर जनरामा निर्माण भएको हो । आफूले लगानी गरेको सावा डुबे पनि ब्याज नबढोस् भनेर यो जोखिम उठाउँदै फिल्म रिलिज गर्नुपरेको उनीहरूको कथन छ । अहिलेको अवस्थामा डिस होमको पे च्यानल र डिजिटल प्लेटफर्मबाट नेपाली चलचित्र रिलिज गर्दा ७ देखि ३० लाख रूपैयाँसम्म उठ्ने अनुमान गरिएको छ ।

यो चलचित्रमा मुकुन भुसाल, नाजिर हुसेन, पवित्रा आचार्य, रवीन्द्र झा, रिस्ता बस्नेत र सुमन कोइरालाको मुख्य भूमिका रहेको छ । चलचित्रलाई सिनेमा हलमा रिलिज गर्ने भनेर निर्माण गरिएको थियो । तर, हल नखुलेपछि डिजिटल प्लेटफर्म र डिस होमबाट ल्याउनुपरेको यसका निर्माता ओम अग्रवालले बताएका छन् । यो चलचित्रमा फिल्ममा अंकितबाबु अधिकारीको संगीत, अभिमन्यु निरवीको लेखन, दिव्य सुवेदीको छायांकन, पवित्रा आचार्यको कोरियोग्राफी र साहिल खान÷मिलन श्रेष्ठको सम्पादन छ ।

अग्रवालका अनुसार डिस होमको सिनेमा घर च्यानल नम्बर ५५५ बाट यो चलचित्रलाई शुक्रबारदेखि रिलिज गरिएको हो । यो चलिचत्रलाई अब नेट टिभी, सिनेमा घर सहित विभिन्न डिजिटल प्लेटफर्मबाट पनि रिलिज गरिने पनि निर्माता अग्रवालले बताएका छन् । मी टिभीको प्रस्तुतिमा ओम अग्रवाल र रोशन पौडेलले संयुक्त रूपमा फिल्मको निर्माण गरेका हुन् ।

नेपालमा सञ्चालित डिजिटल प्लेटफर्मले लाखौं खर्चिएर नयाँ फिल्म किन्ने आँट नगर्दा निर्माता सिनेमा हलकै भरमा बसेका छन् । कोरोनाको कहरबीच पनि हलिउड÷बलिउडका धेरै फिल्म डिजिटल प्लेटफर्ममबाट सार्वजनिक भएका छन् । यतिबेला डिजिटल प्लेटफर्मबाट रिलिज भएको लभ सर्कलले आफ्नो लगानीको सन्तोषजनक रकम उठाउन सक्यो भने आफू फिल्म पनि यही प्रक्रियाबाट डिजिटल प्लेटफर्ममार्फत रिलिज गरिने भएको छ ।

‘यो वर्ष कोरोना महामारीबाट बच्दै आफ्नो दैनिकीलाई अघि बढाउनुपर्नेछ, परिस्थितिवश डिजिटल माध्यमबाटै सहभागीलाई जोड्ने ध्येयले डिजिटल अडिसनलाई अंगालेका हांै,’ टेलिभिजनका कार्यकारी निर्देशन श्याम कँडेलले बताए ।

कंडेलका अनुसार चौथो शृंखलाको डिजिटल अडिसन समय दुई सातालाई तोकिएको छ । अडिसन सकिएपछि निर्माण टिमले प्रारम्भिक छनोटबाट फिजिकल अडिसनका लागि बोलाउनेछ । कार्यक्रम आगामी असोज पहिलो साताबाट हरेक सोमबार प्रसारण हुनेछ । राजधानी दैनिकमा समाचार छ।

civil hospital
Hams Hospitals