काेराेनाकाे महामारी बिच पनि ‘हिमालय राेडिजकाे’ छायांकन हुने
वि.सं.२०७८ साउन ३० शनिवार
shares
काठमाडौं ।काेराेनाकाे कहरबिच पनि साहसिक रियालिटी सो ‘हिमालय रोडिज’को छायांकनसँगै प्रसारण हुने भएको छ ।
सामाजिक दूरी कायम गर्दै कोरोनाबाट आफूहरूलाई सुरिक्षत राखेर यो कार्यक्रमको छायांकन गरिने आयोजक पक्षले शुक्रबार काठमाडौंमा आयोजित पत्रकार भेटघाटका क्रममा जनाएको हो ।
यो रियालिटी सोको औपचारिक घोषणा शुक्रबार गरिएको छ । आयोजक प्रायोजकसँग सम्झौतापत्रमा हस्ताक्षरसँगै सिजन ४ को प्रोमो पनि सार्वजनिक गरिएको हो ।
चौथो शृंखलाको नारा ‘सिजन अफ सर्भाइभल’ राखिएको छ । यो शृंखलामा प्रतियोगीले आफूलाई विभिन्न संकटबीच पनि सुरक्षित र जीवित राख्न संघर्ष गर्नेछन् ।
यसअघि नै यो प्रतियोगिताको घोषणा गरिने भए पनि कोरोना महामारीको दोस्रो लहरका कारण निर्धारित मितिभन्दा केही ढिला सुरु गर्न लागिएको आयोजक पक्षले जनाएको छ । हिमालय रोडिजलाई यसपटकबाट सिमोश सुनुवारले निर्देशन गर्ने भएका छन्।यस अघिका शृंखलासम्म अमनप्रताप अधिकारीले निर्देशन गरेका थिए ।
रोडिजमा ग्याङ लिडरको रूपमा अभिनेता अनुपविक्रम शाही, दिया मास्के, आशिष राना ‘लाहुरे’, पहिलो संस्करण विजेता समन रहेका छन् भने रेमनदास श्रेष्ठले होस्ट गर्नेछन् । भायकम १८ को लाइसेन्स मातहत यो कार्यक्रम उत्पादन तथा प्रसारण हुँदै आएको छ ।


























