गायिका मेरिना जिम्बाले गाएकाे ‘स्याटरडे’ बोलको गीत बजारमा
वि.सं.२०७८ भदौ ६ आइतवार
2.2K
shares
shares
काठमाडौँ । ५ बर्षिय गायिका मेरिना जिम्बाले गाएकी ‘स्याटरडे’ बोलको गीत बजारमा आएको छ । उक्त गीत सेवा फिल्मसबाट बजारमा ल्याएको हो ।
कर्साङ लामाले संगीत संयोजन गरेको उक्त गीतलाई बाबु जिम्बाले शब्द र संगीत गरेका हुन भने भिडियोलाई निर्देशन समेत गरेका छन।मेरिना बाबु जिम्बाकी छोरी हुन । लकडाउन र कोरोना महामारिमा बालबालिकालाई मनोरन्जन दिलाउने हेतुले गीत बजारमा ल्याएको बाबु जिम्बाले बताए ।
उक्त गीतको भिडियोमा रिहाना वाइबा र मेरिना जिम्बालाई प्रमुख भूमिकामा देख्न सकिन्छ । रिहाना ८ बर्षिय बालिका हुन ।आदम घिसिङले कोरियोग्राफी गरेको भिडियोलाई आशिष जिम्बाले छायांकन गरेका हुन ।


























