कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन २’ मा भरतमणि पौडेल पूर्व युवराज पारस शाहको गेटअपमा
वि.सं.२०७८ भदौ १२ शनिवार
1.7K
shares
shares
काठमाडौं। कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन २’ का चर्चित प्रतियोगी भरतमणि पौडेलले पूर्व युवराज पारस शाहको गेटअपमा कमेडी गर्ने भएका छन् । शनिबार साँझ प्रसारण हुने ‘कमेडी च्याम्पियन’ को नयाँ श्रृखंलामा उनी पूर्व युवराज शाहको गेटअपमा देखिन लागेका हुन् जसको यतिबेला सर्वत्र चर्चा भइरहेको छ।
उनी कमेडी च्याम्पियनका उपाधि दाबेदार प्रतिस्पर्धी हुन्। उनीसँगै भारत सिक्किममा बिक्की अग्रवालको नाम पनि अग्रपंक्तिमा छ। यद्यपी जब भरतमणिले पारस शाहको गेटअपमा कमेडी गरेको सानो भिडिओ सार्वजनिक भएको छ। उनको सर्वत्र तारिफ हुन थालेको छ। यो सानो क्लिप युट्युबको ट्रेन्डिङमै आएको छ।
उनले हालै पारस शाह र प्रहरीबीचको हेलमेट विवादलाई रमाइलो तवरमा उतारेको सानो भिडियो क्लिमा देखिएको छ।
भिडियो


























