यसुदा होम एप्लाईन्सेसकाे ब्राण्ड एम्बेस्डरको रुपमा वर्षा राउत र संजोग कोइराला नियुक्त

2.1K
shares

यसुदा होम एप्लाईन्सेसले ब्राण्ड एम्बेस्डरको रुपमा नेपाली चलचित्रमा ख्यातिप्राप्त कलाकार जोडि वर्षा राउत र संजोग कोइरालालाई नियुक्त गरेको छ ।

त्रिवेणी ग्रुप अन्तर्गत यसुदा होम एप्लाईन्सेस नेपालमा गुणस्तरीय घरायसी सामानको विक्रि वितरण गर्दै आइरहेको अग्रणी संस्था हो । बि.स. २००४ मा स्थापित यस कम्पनिले साना तथा ठूला घरायसि सामाग्री हरेक नेपालिले उपभोग गर्न सक्ने मूल्यमा बिक्रि बितरण गर्दै आएको छ । यस होम एप्लाईन्सेसले आफ्नो ब्राण्डको प्रवर्धनका तथा लोकप्रियता अभिबृद्धिका लागि वर्षा राउत र संजोग कोईरालालाई ब्राण्ड एम्बेस्डर नियुक्ति गरेको छ ।

वर्षा राउत र संजोग कोइरालाको सहकार्यले यसुदा व्राण्डको प्रबर्धनमा सहयोग पुग्ने र ब्राण्डको लोकप्रियता अझै बड्ने त्रिवेणी व्यापार प्रवन्धक निर्देशक शैलेस सांघाइले बताउनु भयो ।

त्यसै गरी ऊक्त कार्यत्रममा ख्यातिप्राप्त कलाकार वर्षा राउत र संजोग कोइरालाले यसुदा होम एप्लाईन्सेसको ब्राण्ड एम्बेसडर भएर काम गर्न पाउदा आफुलाई खुसी लागेको र भविष्यमा उपभोक्ता माझ विभिन्न पबध अभियान अन्तगृत हुने बिभिन्न समारोहमा सहभागिता जनाउने प्रतिबद्धता जनाएका छन् ।

civil hospital
Hams Hospitals