हरिवंश आचार्यकाे ‘ए कालु भने…’ बाेलकाे गीत सार्वजनिक ( भिडियो सहित )

1.1K
shares

काठमाडौं । अग्रज हास्य अभिनेता हरिवंश आचार्य पछिल्लो समय गायनमा सक्रिय भएका छन् । उनले यतिबेला अर्को नयाँ गीत ‘ए कालु भने…’ बजारमा ल्याएका हुन् ।

यो गीतलाई हरिवंश आचार्यले लेखेका हुन । यो गीतमा संगीत पनि उनी आफैंले दिएका छन् । यसरी कलाकार आचार्य यो गीतबाट रचना, संगीत र गायन गरी तीनवटै विधामा उत्रिएका छन् ।

ए कालु भेना गीतमा उनलाई गायिका मिलन नेवारले स्वरमा साथ दिएकी छन् । यो गीतलाई किरण तुलाधरले एरेन्ज र श्यामश्वेत रसाइलीले मिक्सिङ गरेका हुन् ।

यो गीतको भिडियोलाई पनि रिलिज गरिएको छ । भिडियोले राम्रो प्रतिक्रिया पाएको छ । भिडियोलाई निर्देशक गम्भीर विष्टले तयार गरेका हुन् । भिडियोमा हरिवंश आचार्य आफैं उत्रिएका छन् । भिडियोमा नाजिर हुसेन, आँचल शर्मा र आर्यन खरेलको पनि मुख्य भूमिका रहेको छ । नवराज उप्रेतीले खिचेको यो भिडियोलाई भूपेन्द्र अधिकारीले सम्पादन गरेका छन् । भिडियोलाई गज्जब टिभीको युट्युब च्यानलबाट रिलिज गरिएको छ ।

civil hospital
Hams Hospitals