लगातार घटेको शेयर बजार आज उकालो लाग्याे

10.9K
shares
Nabil bank

काठमाडौं । आज सेयर बजारमा तेहेरो अंकको वृद्धि भएको छ । सेयर बजार बढेसँगै लगानीकर्ताहरु उत्साहित भएका छन् ।

आज (बुधबार) सेयर कारोबार मापक नेप्से परिसूचक १०४.८८ अंकले बढेर २८१६.९५ बिन्दुमा पुगेको छ । आज नेप्से ३.८७ प्रतिशतले बढेको हो । यता सेन्सेटिभ परिसूचक पनि १९.४७ अंकले बढेर ५२८.१० बिन्दुमा पुगेको छ ।

आज कुल २१७ कम्पनीको १ करोड २१ लाख २२ हजार २९८ कित्ता सेयर खरिदबिक्री गर्दा ६ अर्ब १७ करोड ९३ लाख १५८ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ । कारोबार रकम भने मंगलबारको तुलनामा घटेको छ । मंगलबार ८ अर्ब ३६ करोड ४७ लाख ९८ हजार ६५२ रुपैयाँको कारोबार भएको भएको थियो ।

आज कुल १३ उपसमूहमा १३ वटै उपसमूहको सेयर मूल्य बढेको छ । आज फाइनान्स, विकास बैंक, र हाइड्रोपावर समूहमा लगानीकर्ताको आकर्षण देखिएको छ ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x